Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

जेलबाट भाग्ने प्रयास गरेका दुई जना कैदीबन्दीको मृत्यु


२४ श्रावण, सङ्खुवासभा । जिल्ला कारागार सङ्खुवासभा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षी आकाश वलामीको रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी विरेन्द्र गोदारले जानकारी दिए ।

मङ्गलबार राति १ बजे कारागारको ट्वाइलेटबाट भाग्ने क्रममा रहेका उनिहरुलाई कारागार प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको डिएसपी गोदारले बताए ।

उनीहरु बुधबार बिहान ४ बजे कारागार भित्रै अचेत अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।

जेलर घिमिरेका अनुसार जिल्ला अस्पतालमा उपचारका क्रममा दुवै जनाको बिहान ६ बजे मृत्यु भएको हो । उनीहरुको शव अहिले जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।


प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?