२६ श्रावण, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले जथाभावीरुपमा सञ्चालनमा आएका र महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाउने भएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउनका लागि दर्ता नभई सञ्चालनमा रहेका टिकट बुकिङ कार्यालय भदौ १ देखि हटाउने भएको हो । महानगरपालिकाले काठमाडौँ
२६ श्रावण, स्याङ्जा। स्याङ्जाको चापकोट नगरपालिकामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ । सो नगरपालिकाले आफ्नो नगरभित्रका गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको नगर प्रमुख ईश्वर खाणले जानकारी दिए । उनले यही साउन ५ गतेको नगर कार्यपालिकाको बैठकले सम्भावित जोखिमबाट बचाउने उद्देश्य राखेर
२६ श्रावण, तनहुँ । तनहुँमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन हुने भएको छ । व्यावसायिक कीट विकास केन्द्र बन्दीपुरले चालु आर्थिक वर्षमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन गर्न लागेको हो । केन्द्रले मौरी, रेशम किरा र च्याउ गरी मुख्य तीन विषयमा अध्ययनसहित कार्यक्रम सञ्चालन गर्दै आएको निमित्त प्रमुख भवनाथ देवकोटाले
२६ श्रावण, गोरखा । गोरखाको धार्चे गाउँपालिका–७ स्थित लापुबेँसीमा व्यावसायिकरूपले ‘ड्रागन फ्रुट’ खेती गरिएको छ । करिब सात रोपनी जमिनमा गरिएको उक्त खेतीबाट मनग्य आम्दानी हुन थालेको धार्चे ड्रागन फ्रुटका सञ्चालक सोम गुरुङले जानकारी दिए । “पहिलो वर्ष रु एक लाख बराबरको ड्रागन फ्रुट बेचेको थिए”, उनले भने, “यो वर्ष
२६ श्रावण, अछाम । अरिङ्गालले टोकेर (चिलेर) एक जनाको मृत्यु भएको छ । बिहीबार जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका काटैका निवासी ७२ वर्षीय टेकबहादुर कुँवरको मृत्यु भएको हो । कुँवर बिहीबार बाख्रा चराउन जङ्गल गएका बेला मौरीडाँडा भन्ने ठाउँमा अरिङ्गालले चिलेपछि सख्त घाइते भएका उनको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको
२६ श्रावण, पोखरा । बङ्गुरमा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण गण्डकी प्रदेशका बङ्गुरपालक किसानले झन्डै २४ करोड बराबरको क्षति व्यहोर्नुपरेको छ । गत वर्षको हिउँदमा पहिलोपल्ट नेपालमा सङ्क्रमण पुष्टि भएको उक्त रोगबाट गण्डकी प्रदेशभित्र १८ हजार २० बङ्गुरको मृत्यु भएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । “२२
२६ श्रावण, बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर १७ घण्टादेखि अवरुद्ध भएको छ । आयोजनाको बागलुङ खण्डमा पहिराले सडक अवरुद्ध बनाएको हो । बागलुङ नगरपालिका–१० दब्ल्याङमा बिहीबार साँझ साढे ५ बजे माथिबाट झरेको पहिराले सडक अवरुद्ध भएको हो । अवरुद्ध बनेको सडक अहिलेसम्म खुलेको खुलाउन सकिएको छैन । सडक खुलाउन
२६ श्रावण, बागलुङ । झन्डै ३४ करोड खर्चेर तयार पारिएको बागलुङ नगर बृहत् लिफ्ट खानेपानी आयोजनाको पाइप लाइन छ पटकसम्म फुस्कियो । क्रङ्किटको पोलमा राखेर पाइप लाइन विस्तार गरे पनि खानेपानीको चाप धान्न नसकेर क्रङ्क्रिटको पोलसहित पाइप फुस्किँदा आयोजनाको डिजाइनमै त्रुटि रहेको पाइएको छ । पाँच वर्षअघिदेखि सुरु भएको आयोजनाको बल्ल
२६ श्रावण, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले ५१ जना करार कर्मचारी थप गरेको छ । कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन महानगरले कर्मचारी थप गरेको जनाएको छ । पदपूर्ति मूल्याङ्कन तथा अन्तर्वार्ता समितिले सिफारिस गरेका कर्मचारीको नामावली सार्वजनिक गर्दै महानगरले छनाेट भएका कर्मचारीलाई नियुक्ति बुझ्न शुक्रबार सूचना जारी गरेको छ । महानगरले छनाेट भएका
२६ श्रावण, दोलखा । दोलखाको तामाकोसी गाउँपालिका र बैत्यश्वर गाउँपालिका सिमानास्थित गोपीखोलामा बस दुर्घटना भएको छ । बैत्यश्वर गाउँपालिकाको मिर्गेबाट काठमाडौँ आउँदै गरेको बा२ ख ५४२९ नम्बरको बस गोपीखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । दुर्घटनामा परेर २१ जना घाइते भएका छन् । घाइतेहरूलाई सदरमुकाम चरिकोटमा रहेको