Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

तनहुँमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन हुने


२६ श्रावण, तनहुँ । तनहुँमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन हुने भएको छ । व्यावसायिक कीट विकास केन्द्र बन्दीपुरले चालु आर्थिक वर्षमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

केन्द्रले मौरी, रेशम किरा र च्याउ गरी मुख्य तीन विषयमा अध्ययनसहित कार्यक्रम सञ्चालन गर्दै आएको निमित्त प्रमुख भवनाथ देवकोटाले जानकारी दिनुभयो । विभिन्न ठाउँबाट मौरी ल्याएर रानोसँग क्रस गराइने उनले बताए । उनले भने, “केन्द्रले मुख्य गरी मौरी, च्याउ र रेशम किरामा अध्ययन गर्दै आएको छ । यस वर्ष मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन गरी कृषकलाई मौरीसमेत वितरण गर्ने कार्यक्रम छ ।”

चालु आवका लागि कार्यालयलाई रु दुई करोड ३५ लाख ८६ करोड बजेट विनियोजन गरिएको छ । त्यसमध्ये पुँजीगततर्फ रु ३० लाख ८० हजार र चालुतर्फ रु दुई करोड पाँच लाख छ हजार बजेट विनियोजन भएको छ ।

कार्यालयले चालु आवमा मौरीसहित घार, च्याउका बीउ वितरण गर्नुका साथै आवश्यक सीपसमेत सिकाउने कार्यालय प्रमुख देवकोटाले जानकारी दिए । उनका अनुसार कृषकलाई ५० प्रतिशत अनुदानमा तीन सय ६० मौरीसहिको घार वितरण गरिनेछ । त्यसका लागि रु १८ लाख ७५ हजार बजेट विनियोजन गरिएको छ ।

त्यस्तै चार सय घारमात्र वितरण गर्नका लागि रु सात लाख ५० हजार बजेट विनियोजन गरिएको छ । उनले भने, “मौरीपालक कृषकलाई अनुदानमा घारसहितको मौरी, घारमात्रै वितरण गर्नुका साथै मौरीपालनका लागि आवश्यक तालिम पनि दिन्छौँ ।”

त्यस्तै च्याउ बीउ उत्पादनका लागि रु पाँच लाख बजेट विनियोजन भएको छ । केन्द्रमा पहिलोपटक च्याउ प्रयोगशाला निर्माण गरिँदैछ । उनले भने, “च्याउको अध्ययनका लागि पहिलोपटक कार्यालयमै प्रयोगशाला निर्माण हुँदैछ ।” देवकोटाका अनुसार व्यावसायिक कृषकका लागि च्याउ स्रोत केन्द्र निर्माणका लागि रु दश लाख सहयोग गर्ने कार्यक्रम रहेको छ भने च्याउ खेती तालिम पनि प्रदान रिनेछ ।


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?