Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

तनहुँमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन हुने


२६ श्रावण, तनहुँ । तनहुँमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन हुने भएको छ । व्यावसायिक कीट विकास केन्द्र बन्दीपुरले चालु आर्थिक वर्षमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

केन्द्रले मौरी, रेशम किरा र च्याउ गरी मुख्य तीन विषयमा अध्ययनसहित कार्यक्रम सञ्चालन गर्दै आएको निमित्त प्रमुख भवनाथ देवकोटाले जानकारी दिनुभयो । विभिन्न ठाउँबाट मौरी ल्याएर रानोसँग क्रस गराइने उनले बताए । उनले भने, “केन्द्रले मुख्य गरी मौरी, च्याउ र रेशम किरामा अध्ययन गर्दै आएको छ । यस वर्ष मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन गरी कृषकलाई मौरीसमेत वितरण गर्ने कार्यक्रम छ ।”

चालु आवका लागि कार्यालयलाई रु दुई करोड ३५ लाख ८६ करोड बजेट विनियोजन गरिएको छ । त्यसमध्ये पुँजीगततर्फ रु ३० लाख ८० हजार र चालुतर्फ रु दुई करोड पाँच लाख छ हजार बजेट विनियोजन भएको छ ।

कार्यालयले चालु आवमा मौरीसहित घार, च्याउका बीउ वितरण गर्नुका साथै आवश्यक सीपसमेत सिकाउने कार्यालय प्रमुख देवकोटाले जानकारी दिए । उनका अनुसार कृषकलाई ५० प्रतिशत अनुदानमा तीन सय ६० मौरीसहिको घार वितरण गरिनेछ । त्यसका लागि रु १८ लाख ७५ हजार बजेट विनियोजन गरिएको छ ।

त्यस्तै चार सय घारमात्र वितरण गर्नका लागि रु सात लाख ५० हजार बजेट विनियोजन गरिएको छ । उनले भने, “मौरीपालक कृषकलाई अनुदानमा घारसहितको मौरी, घारमात्रै वितरण गर्नुका साथै मौरीपालनका लागि आवश्यक तालिम पनि दिन्छौँ ।”

त्यस्तै च्याउ बीउ उत्पादनका लागि रु पाँच लाख बजेट विनियोजन भएको छ । केन्द्रमा पहिलोपटक च्याउ प्रयोगशाला निर्माण गरिँदैछ । उनले भने, “च्याउको अध्ययनका लागि पहिलोपटक कार्यालयमै प्रयोगशाला निर्माण हुँदैछ ।” देवकोटाका अनुसार व्यावसायिक कृषकका लागि च्याउ स्रोत केन्द्र निर्माणका लागि रु दश लाख सहयोग गर्ने कार्यक्रम रहेको छ भने च्याउ खेती तालिम पनि प्रदान रिनेछ ।


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?