Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स


२६ श्रावण, स्याङ्जा। स्याङ्जाको चापकोट नगरपालिकामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ ।

सो नगरपालिकाले आफ्नो नगरभित्रका गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको नगर प्रमुख ईश्वर खाणले जानकारी दिए । उनले यही साउन ५ गतेको नगर कार्यपालिकाको बैठकले सम्भावित जोखिमबाट बचाउने उद्देश्य राखेर गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताए ।

“जिल्लामा गर्भवती तथा सुत्केरीमा जटिल प्रकृतिका समस्या देखिए उपयुक्त स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टर छैन”, नगरप्रमुख खाणले भने, “गर्भवती तथा सुत्केरीलाई पाल्पा, पोखरा तथा बुटवल लैजानुपर्ने भएमा जो सुकैले निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्नसक्ने छन्, स्वास्थ्य संवेदनशील विषय भएका कारण सर्वसुलभ सेवा दिनु नगरपालिकाको उत्तरदायी हो, नगरपालिकाले नयाँ एम्बुलेन्स खरिद गरेसँगै यो कार्यक्रमलाई अगाडि बढाएको हौँ ।”

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज पौडेलले निःशुल्क एम्बुलेन्स सेवा लिन अनिवार्य चापकोट नगर अस्पतालको सिफारिस आवश्यक पर्ने बताए । उनले चापकोटका बर्थिङ सेन्टरबाट सुत्केरी अन्यत्र पठाउनुपर्ने भएमा नगरपालिकाको एम्बुलेन्सले निःशुल्क सेवा दिने बताए ।

पौडेलले निकट भविष्यमा चापकोटलाई पोषणमैत्री नगरपालिका बनाउने योजनासहित काम गरिरहेकोे बताए । हाल नगरपालिकाले निःशुल्क क्याल्सियम वितरण, खोप, परिवार नियोजनलगायतका काम विशेष प्राथमिकताका साथ गरिरहेको पौडेलको भनाइ छ ।

नगरपालिकामा एम्बुलेन्स नहुँदा धेरै गर्भवती, सुत्केरी तथा बिरामीले समस्या भोग्नुपरेको पूर्ववडासदस्य पूर्णिमा परियारले बताउनुभयो । उहाँले नगरपालिकाले नयाँ एम्बुुलेन्स खरिद गरी सञ्चालनमा ल्याएपछि धेरैको अकालमा ज्यान जानबाट जोगिने बताए । नगरपालिकाले गर्भवती र सुत्केरीका लागि प्रदान गर्ने निःशुल्क एम्बुलेन्स सेवाले आफूहरुलाई अत्यन्त खुसी बनाएको परियारको भनाइ छ ।

नगर उपप्रमुख इशा रानाले नगरपालिकाले दिएको निःशुल्क एम्बुलेन्स सेवालाई भरपुर सदुयोग गरेर सम्भावित जोखिमबाट बच्न आग्रह गर्नुभयो । उनले पालिकाभित्र रहेका हरेक गर्भवतीलाई नियमित जाँच र स्वास्थ्यकर्मीको परामर्शमा रहेर स्वस्थ बच्चा जन्माउन सुझाव दिए । घर परिवारका अन्य सदस्यले गर्भवती र सुत्केरीको विशेष हेरचाह गरेर असल अभिभावकको भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।


प्रकाशित मिति: २६ श्रावण २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?