३० ,कात्तिक ,म्याग्दी । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको शिरमा समुद्री सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित मालिकाबाट हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यहाँ
धनुषा। दिपावली सकिएसँगै जनकपुरधाममा छठको तयारी शुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि जनकपुरधामको विभिन्न पोखरीलाई स्थानीयवासी र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ । कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ । तराईमा छठको छुट्टै महत्त्व रहेको डा राजेन्द्र बिमलले बताए । मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको जनकपुरधामका गङ्गा
धनुषा । नेपाल रेल्वेले जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ । भारतको जयनगरबाट जनकपुरधामसम्म जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा आगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरी सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिएका छन् । मङ्सिरदेखि चिसो
२८ ,कात्तिक ,म्याग्दी । मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवत जावत गर्न पाउने भएका छन् । यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो । चार वर्षपछि खुलेको कोरला नाकाबाट मुस्ताङका
२७ ,कात्तिक ,दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित गौ संरक्षण केन्द्रमा आज सामूहिक गाईपूजा गरिएको छ । मुक्तिनाथ शुक्लागण्डकी च्वयनधामको संरक्षकत्वमा सञ्चालित गौ संरक्षण केन्द्रमा तिहारको तेस्रो दिन सामूहिक गाई पूजा गरिएको हो । त्यसक्रममा केन्द्रमा रहेका एक सयभन्दा बढी गाईको पूजा गरिएको च्वयनधामका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिए ।
२७ ,कात्तिक ,म्याग्दी । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले अलपत्र अवस्थामा रहेका बाग्लुङको गल्कोट–हरिचौर–हिल–तारा हुँदै म्याग्दी जोड्ने सडकका ठेकेदारलाई काममा फर्काउन मन्त्रालयले पहल गरिएको बताएका छन् । अर्गल सांस्कृतिक विकास मञ्चले ऐतिहासिक भुस पोल्ने पर्वका अवसरमा आइतबार ताराखोला गाउँपालिकाको अर्गलमा आयोजना गरेको कार्यक्रममा मन्त्री
मोरङ। उर्लाबारी नगरपालिका–७ स्थित दीपक कार्कीको घरमा रहेको सुन पसलमा गएराति लागेको आगो निभाउने क्रममा चार प्रहरीसहित २५ जना घाइते भएका हुन् ।घाइतेहरूको झापाको बिर्तामोड, विराटनगर, उर्लाबारीको गोदावरी तथा अरनिको अस्पतालमा उपचार भइरहेको छ । सुन पसलभित्र आगलागी भएपछि सटर खोल्दा आगोको मुस्लोले लागेर उनीहरू घाइते भएको स्थानीयले बताएका छन्
२७ ,कात्तिक ,तुलसीपुर । लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीको सिरमा रहेको पर्यटकीय गन्तव्य देवीकोट ओझेलमा परेको छ । त्यहाँ रहेको देवीकोट मन्दिर, त्यहाँबाट देखिने सेताम्मे हिमाल र तराईका फाँटले आकर्षण थपेको भए पनि त्यो स्थानको प्रचार प्रसारको अभावमा पर्यटकलाई आकर्षित गर्न सकिरहेको छैन । धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले
२७ ,कात्तिक ,कास्की । नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा प्रचार गर्ने, स्थानीय कला संस्कृतिको संरक्षण तथा आपसी भाइचाराको विकास गर्ने गरी पोखरामा नेपाल संवत् (नयाँ वर्ष) ११४४ लाई भिन्तुना र्यालीसहित भव्य स्वागतको तयारी गरिएको छ । नेवा खल : कास्कीले मौलिक तथा राष्ट्रिय संवत्को स्वागतका लागि यही कात्तिक २८ गते
२७ ,कात्तिक ,टक्सार (भोजपुर) । लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा रु २६ लाखभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका–८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगलागी हुँदा रु २६ लाख ५८