Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

पोखरामा भिन्तुना र्‍यालीसहित नेपाल संवत्को स्वागत गरिँदै


२७ ,कात्तिक ,कास्की । नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा प्रचार गर्ने, स्थानीय कला संस्कृतिको संरक्षण तथा आपसी भाइचाराको विकास गर्ने गरी पोखरामा नेपाल संवत् (नयाँ वर्ष) ११४४ लाई भिन्तुना र्‍यालीसहित भव्य स्वागतको तयारी गरिएको छ ।

नेवा खल : कास्कीले मौलिक तथा राष्ट्रिय संवत्को स्वागतका लागि यही कात्तिक २८ गते बजारका विभिन्न क्षेत्रमा जातीय सांस्कृतिक पोसाकसहित र्‍यालीको आयोजना गनै लागिएकोे हो ।

नेवारी समुदायमा प्रचलित म्हः पूजाको दिनबाट नयाँ वर्ष प्रारम्भ हुने हुँदा हरेक वर्ष जस्तै यस वर्ष पनि पोखरामा भिन्तुना ¥याली आयोजना गरिने नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।

उनका अनुसार यही कात्तिक २८ गते बिहान ७ः३० बजे पोखरास्थित नारायणस्थानमा रहेको राष्ट्रिय विभूति शङ्खधर शाख्वाको प्रतिमामा माल्यार्पण गरिनेछ ।

त्यसपछि कास्कीमा रहेका विभिन्न नेवा खलः, नेवा ल्याम्ह पुचः, नेवा कचाँ, नेवा मिसा पुचः लगायत विभिन्न जातीय समुदायको सहभागितामा पृथ्वीचोकबाट भिन्तुना र्‍याली निकालिने छ ।

पृथ्वीचोकबाट सुरु हुने उक्त र्‍याली नयाँबजार महेन्द्रपुल, तेर्सापट्टि हुँदै नेवा छेँ कै भवनमा पुगेपछि समापन गरिने अध्यक्ष पालिखेले जानकारी दिए । पोखरा र आसपासमा रहेका नेवारी समुदायको झाँकी, बाजा तथा वेशभुषाको प्रस्तुति र प्रचारप्रसार गर्ने उद्देश्यले ¥याली आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

¥यालीमा उत्कृष्ट हुने समुहमध्ये प्रथम हुनेलाई रु २५ हजार, द्वितीय हुनेलाई रु सात हजार र तृतीय तथा सान्त्वना हुने समूहलाई नगद रु पाँच हजारका दरले पुरस्कारको समेत व्यवस्था गरिएको नेवा पत्रकार पुचः कास्कीका अध्यक्ष अनिशा श्रेष्ठले जानकारी दिनुभयो । नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत् राष्ट्रिय विभुति शङ्खधर साख्वाले चलाएका हुन् ।

साख्वाले तत्कालीन नेपाल भनेर चिनिने काठमाडौँ, ललितपुर र भक्तपुरका जनताको ऋण तिरेर नेपाल संवत् चलाएका हुन् । सरकारले नेपाल संवत्का प्रवद्र्धक साख्वालाई विसं २०५५ मा राष्ट्रिय विभूति घोषणा गरेको थियो ।


प्रकाशित मिति: २७ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?