Trending
>>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

ओझेलमा ‘देवीकोट’


२७ ,कात्तिक ,तुलसीपुर । लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीको सिरमा रहेको पर्यटकीय गन्तव्य देवीकोट ओझेलमा परेको छ । त्यहाँ रहेको देवीकोट मन्दिर, त्यहाँबाट देखिने सेताम्मे हिमाल र तराईका फाँटले आकर्षण थपेको भए पनि त्यो स्थानको प्रचार प्रसारको अभावमा पर्यटकलाई आकर्षित गर्न सकिरहेको छैन ।

धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले राम्रो स्थानका रुपमा लिइएको देवीकोट देउखुरी उपत्यकाबाट आठ किलोमिटर मात्रै उकालो चढ्नुपर्छ । यसपछि देवीकोटको पहाडी हावापानीको आनन्द लिन सकिन्छ । देउखुरीमा स्थायी राजधानी भएपछि देवीकोटलाई नै पर्यटनको गन्तव्यका रुपमा लिन सकिने राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश विष्टले बताए ।

स्थायी राजधानी देउखुरीको मौरीघाटबाट जान कच्ची सडक छ । तर, त्यहाँ पुगेपछि देवीकोट मन्दिरको दर्शन गर्न सकिन्छ । ऐतिहासिक भए पनि त्यो मन्दिरको भौतिक संरचना भने पर्याप्त मात्रामा निर्माण गर्न सकिएको छैन । मन्दिरको पर्खाल भत्किएको छ ।

सोही ठाउँमा सतिदेवीको बाँया घुँडा पतन भएको किम्वदन्ती रहेको छ । तर, पनि त्यहाँ आवश्यक संरचना तयार नहुँदा भक्तजनको त्यति धेरै आकर्षण छैन । सोही ठाउँमा मन्दिरका अन्य संरचना निर्माण तथा मन्दिर निर्माणस्थलको जमिन जोगाउनतर्फ ध्यान दिनुपर्ने पालिका अध्यक्ष विष्टले बताए ।

“मन्दिर निर्माणस्थलमा पनि पहिरो गएको छ, अन्य संरचना पनि निर्माण भएका छैनन्”, उनले भने, “यसमा सङ्घ र प्रदेश सरकारले चासो दिनुपर्छ ।”

त्यहाँ विद्युत्को पोल र तार जडान गरिएको छ, तर, विद्युत् अझै बल्न सकेको अवस्था छैन । कच्ची सडक छ, तर, सहज यातायात छैन । खानेपानीको पनि समस्या छ । यी सबै समस्या समाधान भएमा प्रदेशको पर्यटनको एउटा गन्तव्य बन्न सक्ने अध्यक्ष विष्टको भनाइ छ ।

प्रदेश राजधानीदेखि नजिकै भएकाले जो कोही पनि सोही ठाउँमा गएर दर्शन गर्न सक्ने उहाँको भनाइ छ । त्यहाँबाट सिस्ने हिमाललगायत अन्य हिमशृङ्खला पनि देखिने, पहाडको अवलोकन गर्न पनि पाइने र भारतका केही भू–भाग पनि देख्न सकिन्छ ।

त्यहाँ स्थानीय ढिडो, रोटी, स्थानीय जातका कुखुरा, खसीलगायतका खानेकुरा पनि पाइन्छन् । यसले गर्दा घरवास (होमस्टे)को पनि राम्रो सम्भावना भएको बताइएको छ ।


प्रकाशित मिति: २७ कार्तिक २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?