६ असार, ताप्लेजुङ । ताप्लेजुङमा गएरातिदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध भएको छ । मेचीराजमार्गअन्तर्गत ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्र काबेली पुल नजिकै झरेको पहिरोले केन्द्रीय प्रसारण लाइनको तीनवटा पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो । मध्यरातमा सडकभन्दा मुनिबाट झरेको पहिरोले पोल ढलेको थियो । पहिरोले एउटा पोल तानिएपछि नजिकका अन्य
६ असार, हेटाैँडा । दुई महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आज बिहानदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगले सिमेन्टका साथै सिमेन्ट बनाउन प्रयोग हुने ‘क्लिङ्कर’को उत्पादन पनि सुरु गरेको जनाएको छ । क्लिङ्कर उत्पादनका लागि चाहिने आगो बाल्ने भट्टीमा विभिन्न उपकरण बिग्रिनुका साथै कोइलाको अभाव भएकाले सिमेन्ट उत्पादन बन्द
६ असार, बागलुङ । बागलुङमा आज बिहान जीप दुर्घटना हुँदा ज्यान गुमाएका दुई जनाको पहिचान खुलेको छ । जिल्लाको गलकोटदेखि बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको थियो । दुर्घटनामा जीप चालक पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाका २९ वर्षीय राजेन्द्र माझी र जीपमा सवार
६ असार, धनगढी । मङ्गलबार सडक दुर्घटनामा परी निधन हुनु भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका आज बिहान धनगढी रङ्गशालामा राखिएको छ । मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभा सदस्यहरु धनगढी रङ्गशालामा पुगेर सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली दिएका छन् । धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि गृह जिल्ला बझाङ
६ असार, बझमङ । बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा पर्नुभएका धर्मराज जोशी र प्रहरी सहायक हबल्दार दीपक भण्डारी खतरामुक्त रहेको बाँकेस्थित कोहोलपुर मेडिकल कलेजकाका अर्थोपेडिक रेसिडेन्ट डा ब्राईन पोख्रेलले बताएका छन् । उनका अनुसार घाइते दुवै जनालाई सघन उपचार कक्षमा राखिएको र होसमा भएको उहाँहरू बोल्न सक्ने अवस्थामा
६ असार, हेटाैँडा । आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो । संस्थाका अनुसार उद्योग हालसम्म रु ९० करोडको घाटामा चलिरहेको छ । आव
६ असार, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय घरेलु रक्सीको ‘ब्रान्डिङ’ गर्ने नीति तथा कार्यक्रम बनाएको छ । दरवाङको छ्यारछ्यारेमा मङ्गलबार सुरु भएको १३औँ गाउँसभामा अध्यक्ष बेगप्रसाद गर्बुजाले घरेलु मदिरा ब्रान्डिङ गर्ने, बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने लगायतका विषय समेटिएका नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अध्यक्ष गर्बुजाले
६ असार, पोखरा । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । बुधबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत श्रीवास्तवले यस्तो बताएका हुन् । उनले पोखरा प्राकृतिक मनोरम र पर्यटनका दृष्टिकोणले उत्कृष्ट स्थान भएको भन्दै पोखरालाई सडक सञ्जाल वा
६ असार, नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ भटुकेमा चट्याङ्ग लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकका अनुसार बुधबार विहान साढे ६ बजे ५७ वर्षिय छविलाल सारुको चट्याङ्ग लागेर मृत्यु भएको हो । उनलाई खेतमा काम गर्ने क्रममा चट्याङ्ग लागेको थियो
६ असार, ताप्लेजुङ । ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पुर्याइएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पठाइएको हो । कोशी प्रदेश सरकारबाट प्राप्त स्वास्थ्य सामग्री र टेन्ट तथा रेडक्रस सोसाइटी शाखाले उपलब्ध गराएका त्रिपाल, कम्बल, भाँडाकुँडासहितका सामग्री पठाइएको जिल्ला विपद् व्यवस्थापन