Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

भारतीय राजदूत भन्छन् – पोखरालाई योग केन्द्रका रूपमा विकास गर्नुपर्छ


६ असार, पोखरा । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पोखरालाई योग केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

बुधबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत श्रीवास्तवले यस्तो बताएका हुन् । उनले पोखरा प्राकृतिक मनोरम र पर्यटनका दृष्टिकोणले उत्कृष्ट स्थान भएको भन्दै पोखरालाई सडक सञ्जाल वा हवाई रुटका माध्यमबाट जोड्दै जान सकिने बताए ।

पोखरा प्राकृतिक सौन्दर्यताका हिसाबले उत्कृष्ट स्थान रहेको भन्दै पोखराले भारतका पर्यटकहरू तानेको उनको भनाइ छ । राजदूतले भारतका विभिन्न सहरका पर्यटकहरू पोखरामा आइरहेको उल्लेख गर्दै पोखरालाई योग केन्द्रका रूपमा विकास गर्नका लागि भारत सरकार सहयोगका लागि तयार रहेको बताए ।

‘‘पर्यटनको हिसाबले हेर्ने हो भने पोखरा एकदमै राम्रो स्थान छ । भारतबाट विभिन्न सहरका मानिस पोखरा आउने गर्दछन् । हरेक वर्ष पोखरामा योग दिवस मनाउने हो भने पोखरा योगा केन्द्र बन्नेछ ।,’’ राजदूत श्रीवास्तवले भने, ‘‘यसका लागि भारतीय दूतावास मिलेर काम गर्न तयार छ । भारतका विभिन्न प्रदेश र सहरबाट मानिसहरू अहिले पनि पोखरा आउँछन् । नयाँ सडकको माध्यमबाट भारत पोखरासँग जोडिन्छ ।’’

राजदूत श्रीवास्तवले पोखरामा हरेक वर्ष योग दिवसका अवसरमा योगा कार्यक्रम हुने आशा राखेको बताए ।


प्रकाशित मिति: ६ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?