Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

पहिरोका कारण केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध


६ असार, ताप्लेजुङ । ताप्लेजुङमा गएरातिदेखि केन्द्रीय प्रसारण लाइनको विद्युत् अवरुद्ध भएको छ । मेचीराजमार्गअन्तर्गत ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्र काबेली पुल नजिकै झरेको पहिरोले केन्द्रीय प्रसारण लाइनको तीनवटा पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो ।

मध्यरातमा सडकभन्दा मुनिबाट झरेको पहिरोले पोल ढलेको थियो । पहिरोले एउटा पोल तानिएपछि नजिकका अन्य पोलसमेत ढलेकाले पुनस् विद्युत सञ्चालनमा समय लाग्ने विद्युत् प्राधिकरणको ताप्लेजुङ शाखाले जनाएको छ । मर्मतका लागि बिहानदेखि विद्युत्का कर्मचारी खटिएका छन् ।

विद्युत् सेवा अवरुद्ध भएसँगै सदरमुकाम फुङ्लिङ सहितका सर्वसाधरण तथा व्यवसायीहरु मारमा परेका छन् । सदरमुकामसहित केही ग्रामीण क्षेत्रसम्म केन्द्रीय प्रसारण लाइन पुगेको छ ।


प्रकाशित मिति: ६ असार २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?