२२ भदाै, बागलुङ । सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका नगरप्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई इन्टरपोलमार्फत खोज्न थालिएको छ । सहकारीका बचतकर्ताको डेढ अर्ब बढी रकम लिई फरार नेपालीविरुद्ध प्रहरी प्रधान कार्यालय इन्टरपोल महाशाखाले ‘रेडकर्नर नोटिस’ जारी गर्ने तयारी थालेको छ
२२ भदौ, सङ्खुवासभा। मुआब्जा वितरणमा ढिलाइ भएको जनाउँदै स्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गत शनिबारदेखि अरुण तेस्रो प्रवेशमार्ग मुआब्जपीडित सङ्घर्ष समितिले विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरेका हुन् । अरुण तेस्रो प्रवेशमार्गको छ्याङ्कुटी–दिदिड पुखुवा सडकखण्डको मुआब्जा वितरणमा ढिलाइ
२२ भदौ, पोखरा । पोखराको लामाचौरमा यही भदौ अन्तिम साता राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ । नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको आयोजनामा नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजका अवसर पारेर भदौ ३० देखि असोज १ गतेसम्म राष्ट्रिय महिला तथा पुरुष भलिबल हुन लागेको हो
२२ ,भाद्र ,काठमाडौँ । चितुवाको आक्रमणबाट घाइते भएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लुहारलाई उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ । हिजो मध्याह्न १२ बजे घर नजिकै तालिगाडरोल वनमा घाँस काटिरहेका बेला पूजालाई चितुवाले आक्रमण गरेको हो । आक्रमणबाट गम्भीर घाइते भएकी पूजालाई तत्काल मेलौलीको केशरपुर प्राथमिक
२२ ,भाद्र ,बैतडी । बैतडीमा स्वास्थ्य बीमा गर्नेको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्य बीमामा आकर्षण बढ्दै गएको हो । यहाँ सात वर्षको अवधिमा ३३ हजारभन्दा बढी परिवार स्वास्थ्य बीमामा आबद्ध भएका छन् । जिल्लामा विसं २०७३ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएकामा
२२ ,भाद्र ,जनकपुरधाम । मधेस प्रदेशलाई सन् २०३० सम्ममा बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्यसहित अगाडि बढेको मधेस प्रदेश सरकारले ल्याउन लागेको बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि, २०८० को मस्यौदामाथि छलफल भएको छ । मधेस प्रदेश राजधानी जनकपुरधाममा बिहीबार आयोजित कार्यविधिमाथि सरोकारवालाको राय सुझावसम्बन्धी परामर्श कार्यक्रममा प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले
२१ भदाै, काठमाडाैँ। काठमाडाैँ महानगरमा शुक्रबार (भोली) सार्वजनिक बिदा दिइएको छ । वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिभजालको निधन भएको शोकमा भोली सार्वजनिक बिदा दिइने भएको हो । रिजालको बिहीबार बिहान काठमाडाैँको ग्राण्डी अस्पतलामा निधन भएको थियो । अस्पतालले दिएको जानकारी अनुसार रिजालको निमोनियाका कारण बिहान साढे ७ बजे
२१ भदाै, बैतडी । बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणमा परी पञ्चेश्वरकी एक युवती गम्भीर घाइते भएकी छन् । पञ्चेश्वर गाउँपालिका–३, बगरेडीमा बिहीबार बिहान ११ : ५० बजे चितुवाको आक्रमणमा परी १७ वर्षीय किशोरी पूजा लोहार गम्भीर घाइते भएकी हुन् । गम्भीर घाइते किशोरीको अवस्था बुझ्न स्वास्थ्यकर्मीको टोली लिएर गाउँपालिका अध्यक्ष
२१ भदौ, बागलुङ । बागलुङ जिल्लाको पुरानो सदरमुकामको रुपमा रहेको गलकोटमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय राख्नका लागि पुनः पहल सुरु भएको छ । यसका लागि सर्व दलीयसहमति सहित जिल्ला प्रशासन कार्यालय मार्फत् गृहमन्त्रालयमा सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले गलकोटमा इलाका प्रशासन कार्यालयका स्थापना गर्न
२१ भदाै, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसानले लगाएका धानबालीमा पुतली(झिँगा)को समस्या बढ्न थालेको छ । धान बालीमा सेतो पुतलीको समस्या बढ्न थालेपछि जिल्लाका किसान चिन्तित भएका छन् । कावासोती नगरपालिका क्षेत्रको धान बालीमा पुतलीको समस्या बढ्दो क्रममा रहेको नगरपालिकाका कृषि विकास शाखा प्रमुख शिवनारायण कुमालले बताए। ‘वडा नं ७ देखि