Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

बैतडीमा चितुवाको आक्रमणबाट किशोरी गम्भीर


२२ ,भाद्र ,काठमाडौँ । चितुवाको आक्रमणबाट घाइते भएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लुहारलाई उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ ।

हिजो मध्याह्न १२ बजे घर नजिकै तालिगाडरोल वनमा घाँस काटिरहेका बेला पूजालाई चितुवाले आक्रमण गरेको हो ।

आक्रमणबाट गम्भीर घाइते भएकी पूजालाई तत्काल मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र, मेलौली ल्याइएको थियो ।

मेलौलीमा उपचार हुन नसक्दा अपराह्न थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

पूजाको टाउको र शरीरका अन्य भागमा पनि चोट रहेको छ । सिटिस्क्यान गर्नुपर्ने देखिएको डडेल्धुरा रेफर गरिएको पूजाको उपचारमा संलग्न मेलौली प्राथमिक स्वास्थ्य केन्द्रका डा सञ्जीन केसीले बताए ।

घाइते पूजाको अवस्था खतरामुक्त रहेको छ । उनले भने, “बेहोसमा रहेकी पूजा होसमा आएकी छन् तर सिटिस्क्यान गर्नुपर्ने देखियो । हामी कहाँ उक्त सुविधा नभएकाले डडेल्धुरा रेफर गरेका छौँ ।”

गाउँका चार पाँच जनाको समूहमा घाँस काटिरहेकी पूजालाई चितुवाले आक्रमण गरेको पञ्चेश्वर–३ का वडाध्यक्ष मीनबहादुर चन्दले बताए ।

आक्रमणपछि चितुवाले पुजालाई तीन सय मिटर टाढासम्म घिसारेर लगेको र पछि स्थानीयवासीले होहल्ला गरेपछि छाडेको थियो ।

चितुवाले किशोरीमाथि आक्रमण गरेपछि स्थानीय नागरिक त्रसित भएका छन् । तल्लोस्वराडमा गएको १२ वर्षयता चितुवाको आक्रमणबाट २७ जनाको ज्यान गइसकेको छ ।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?