Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

चितुवाको आक्रमणबाट एक युवती गम्भीर घाइते


२१ भदाै, बैतडी । बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणमा परी पञ्चेश्वरकी एक युवती गम्भीर घाइते भएकी छन् । पञ्चेश्वर गाउँपालिका–३, बगरेडीमा बिहीबार बिहान ११ : ५० बजे चितुवाको आक्रमणमा परी १७ वर्षीय किशोरी पूजा लोहार गम्भीर घाइते भएकी हुन् ।

गम्भीर घाइते किशोरीको अवस्था बुझ्न स्वास्थ्यकर्मीको टोली लिएर गाउँपालिका अध्यक्ष घटनास्थल पुगेका छन् । गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले चितुवाको आक्रमणमा परेर युवती गम्भीर घाइते भएर बेहोस अवस्थामा रहेको बताए । युवतीको सास चलिरहेकाले स्वास्थ्यकर्मीको टोली लिएर घटनास्थलतर्फ गइरहेको उनले बताए ।

बैतडीमा गएको १० वर्ष यता चितुवाको आक्रमणमा परी २७ जनाले ज्यान गुमाइसकेका छन् ।


प्रकाशित मिति: २१ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?