Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

चितुवाको आक्रमणबाट एक युवती गम्भीर घाइते


२१ भदाै, बैतडी । बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणमा परी पञ्चेश्वरकी एक युवती गम्भीर घाइते भएकी छन् । पञ्चेश्वर गाउँपालिका–३, बगरेडीमा बिहीबार बिहान ११ : ५० बजे चितुवाको आक्रमणमा परी १७ वर्षीय किशोरी पूजा लोहार गम्भीर घाइते भएकी हुन् ।

गम्भीर घाइते किशोरीको अवस्था बुझ्न स्वास्थ्यकर्मीको टोली लिएर गाउँपालिका अध्यक्ष घटनास्थल पुगेका छन् । गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले चितुवाको आक्रमणमा परेर युवती गम्भीर घाइते भएर बेहोस अवस्थामा रहेको बताए । युवतीको सास चलिरहेकाले स्वास्थ्यकर्मीको टोली लिएर घटनास्थलतर्फ गइरहेको उनले बताए ।

बैतडीमा गएको १० वर्ष यता चितुवाको आक्रमणमा परी २७ जनाले ज्यान गुमाइसकेका छन् ।


प्रकाशित मिति: २१ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?