२६ श्रावण, मोरङ । मोरङ सुन्दरहरैंचा नगरपालिका-४ स्थित नेपालकै होची महिलाको रूपमा चिनिएकी मालती ऋषिदेवले जिल्ला प्रशासन कार्यालयबाट जन्मसिद्धको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छन्। मालती एक समयमा नेपालकै होची महिलाको रूपमा चर्चामा थिइन्। उनको उचाइ जम्मा ३२ इन्च र तौल १४ केजी मात्र छ। २०५६ भदौ १८ गते जन्मिएकी मालतीले
२६ श्रावण, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले जथाभावीरुपमा सञ्चालनमा आएका र महानगरपालिकाभित्र दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाउने भएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउनका लागि दर्ता नभई सञ्चालनमा रहेका टिकट बुकिङ कार्यालय भदौ १ देखि हटाउने भएको हो । महानगरपालिकाले काठमाडौँ
२६ श्रावण, स्याङ्जा। स्याङ्जाको चापकोट नगरपालिकामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ । सो नगरपालिकाले आफ्नो नगरभित्रका गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको नगर प्रमुख ईश्वर खाणले जानकारी दिए । उनले यही साउन ५ गतेको नगर कार्यपालिकाको बैठकले सम्भावित जोखिमबाट बचाउने उद्देश्य राखेर
२६ श्रावण, तनहुँ । तनहुँमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन हुने भएको छ । व्यावसायिक कीट विकास केन्द्र बन्दीपुरले चालु आर्थिक वर्षमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन गर्न लागेको हो । केन्द्रले मौरी, रेशम किरा र च्याउ गरी मुख्य तीन विषयमा अध्ययनसहित कार्यक्रम सञ्चालन गर्दै आएको निमित्त प्रमुख भवनाथ देवकोटाले
२६ श्रावण, गोरखा । गोरखाको धार्चे गाउँपालिका–७ स्थित लापुबेँसीमा व्यावसायिकरूपले ‘ड्रागन फ्रुट’ खेती गरिएको छ । करिब सात रोपनी जमिनमा गरिएको उक्त खेतीबाट मनग्य आम्दानी हुन थालेको धार्चे ड्रागन फ्रुटका सञ्चालक सोम गुरुङले जानकारी दिए । “पहिलो वर्ष रु एक लाख बराबरको ड्रागन फ्रुट बेचेको थिए”, उनले भने, “यो वर्ष
२६ श्रावण, अछाम । अरिङ्गालले टोकेर (चिलेर) एक जनाको मृत्यु भएको छ । बिहीबार जिल्लाको साँफेबगर नगरपालिका–८ चण्डिका काटैका निवासी ७२ वर्षीय टेकबहादुर कुँवरको मृत्यु भएको हो । कुँवर बिहीबार बाख्रा चराउन जङ्गल गएका बेला मौरीडाँडा भन्ने ठाउँमा अरिङ्गालले चिलेपछि सख्त घाइते भएका उनको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको
२६ श्रावण, पोखरा । बङ्गुरमा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण गण्डकी प्रदेशका बङ्गुरपालक किसानले झन्डै २४ करोड बराबरको क्षति व्यहोर्नुपरेको छ । गत वर्षको हिउँदमा पहिलोपल्ट नेपालमा सङ्क्रमण पुष्टि भएको उक्त रोगबाट गण्डकी प्रदेशभित्र १८ हजार २० बङ्गुरको मृत्यु भएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । “२२
२६ श्रावण, बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर १७ घण्टादेखि अवरुद्ध भएको छ । आयोजनाको बागलुङ खण्डमा पहिराले सडक अवरुद्ध बनाएको हो । बागलुङ नगरपालिका–१० दब्ल्याङमा बिहीबार साँझ साढे ५ बजे माथिबाट झरेको पहिराले सडक अवरुद्ध भएको हो । अवरुद्ध बनेको सडक अहिलेसम्म खुलेको खुलाउन सकिएको छैन । सडक खुलाउन
२६ श्रावण, बागलुङ । झन्डै ३४ करोड खर्चेर तयार पारिएको बागलुङ नगर बृहत् लिफ्ट खानेपानी आयोजनाको पाइप लाइन छ पटकसम्म फुस्कियो । क्रङ्किटको पोलमा राखेर पाइप लाइन विस्तार गरे पनि खानेपानीको चाप धान्न नसकेर क्रङ्क्रिटको पोलसहित पाइप फुस्किँदा आयोजनाको डिजाइनमै त्रुटि रहेको पाइएको छ । पाँच वर्षअघिदेखि सुरु भएको आयोजनाको बल्ल
२६ श्रावण, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले ५१ जना करार कर्मचारी थप गरेको छ । कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन महानगरले कर्मचारी थप गरेको जनाएको छ । पदपूर्ति मूल्याङ्कन तथा अन्तर्वार्ता समितिले सिफारिस गरेका कर्मचारीको नामावली सार्वजनिक गर्दै महानगरले छनाेट भएका कर्मचारीलाई नियुक्ति बुझ्न शुक्रबार सूचना जारी गरेको छ । महानगरले छनाेट भएका