तनहुँ । सडक निर्माण भएको २५ वर्षपछि भिमाद नगरपालिका–१ भएर बग्ने कुलुङखोलामा पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा पुल निर्माण प्रारम्भ भएको हो । गण्डकी प्रदेशसभा सदस्य जितप्रकाश आलेले उक्त पुलको बिहीबार शिलान्यास गरे । भौतिक पूर्वाधार विकास मन्त्रालयको रु सात करोड ७३ लाख ६४
काठमाडौँ । काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा विधिवत रुपमा जमरा राखिएको छ । बिहीवारबाट विधिवत रुपमा शुरु भएको नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरी विधिवत रुपमा जमरा राखिन्छ । हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साईत बिहान ९ः१६ बजे जमरा राखिएको हो । सो अवसरमा नेपाली सेनाको
काठमाडौँ ।नेपाल–भारतमैत्री संघले बल्खुका बाढी पीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ । बिहीवार एक कार्यक्रमको आयोजना गरी नेपाल–भारतमैत्री संघले बल्खुका बाढी पीडिहरुका नेपाल चिकित्सक संघमार्फत दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो । बाढीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको अवस्थामा चिकित्सक संघको आग्रह
ललितपुर। ललितपुर महानगरपालिकाले पाँच वटा डुंगा किन्ने भएको छ । सिंहदरबारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री र खानेपानीमन्त्रीसँगको छलफलका क्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हालैको बाढी र डुबानमा डुंगा नहुँदा धेरैको उद्धारमा समस्या परेको भन्दै अब महानगरपालिकाले ५ वटासम्म डुंगा किनेर राख्ने बताएका छन् । उनले जलवायु परिवर्तनका कारण अतिवृष्टि र
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाडौंमा वितरण हुने बताएका छन् । जल तथा मौसम विज्ञान विभागले अबको दुई÷तीन दिन भारी वर्षा हुने पूर्वानुमान गरेकाले मौसम सफा भएसँगै केही दिनभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गरिने बताएका छन् । उनले २०७६ सालको बाढी,पहिरोले गर्दा मेलम्चीमा ठूलो क्षति
काठमाडाै । ग्लोवल युथ पार्लामेण्टले “राष्ट्रिय युवा संसद” अभियानको घोषणा गरेको छ । देशभित्रका र विदेशमा छरिएका तमाम युवालाई राष्ट्र निर्माणको महान् यज्ञमा हातेमालो गर्नका लागि ‘राष्ट्रिय युवा संसद’ नामक अभियानको घोषणा गरिएको हो । आज राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा एक भव्य समारोहकाबीच पूर्व प्रधानन्यायधिश शुशिला कार्कीको प्रमुख आतिथ्यतामा उक्त
काठमाडाैं । दुखदायी घटना : राजु शाह नक्खु बाढीबाट बचाइएका थिए, तर उनकी छोरी अझै बेपत्ता छिन्। उनले सम्झिँदै भने, "उसको आवाज अझै पनि मेरो कानमा गुञ्जिरहेछ। अघिल्लो रात उसले मलाई दुनोट ल्याइदिनु न भनेकी थिई, मैले भोलि ल्याइदिन्छु भनेर वाचा गरेको थिएँ। तर म उसको त्यो सानो इच्छा पनि
सिरहा । ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले रु. २० हजार जरिवाना गरेको छ । लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा मङ्गलबार गरिएको बजार अनुगमनका क्रममा उक्त होटलका समोसामा कीरा फेला परेपछि जारिवाना गरिएको हो । उपप्रमुख महतोको नेतृत्वमा खाद्य तथा
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै साढे तीन करोड आर्थिक सहयोग संकलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय वाणिज्य बैंकद्वारा दुई करोडको चेक हस्तान्तरण गर्नुका साथै भाटभटेनी सुपरमार्केटद्वारा एक करोड ११ लाख ११ हजार एक सय ११ र युनिलिभर नेपाल लि
काठमाडौँ । हालैको बाढीपहिरामा परी २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ ।