Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

सवारी दुर्घटनामा तीन जनाको मृत्यु


काठमाडौं । चितवन, रत्ननगर नगरपालिका-३ शान्तिचोकस्थित सडकमा ना.४६ प ८२४८ नम्बरको मोटरसाइकल र ना.५६ प ९१६९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा स्कुटर चालक खैरहनी नगरपालिका-१ बस्ने २१ वर्षीय दिपेश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनकामना अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल र स्कुटरमा सवार मध्ये २ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा र १ जनाको मनकामना अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

गोरखा, भिमसेनथापा गाउँपालिका-३ सिमलफेदस्थित सडकमा बा.३६ प १५६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-१ बस्ने २० वर्षीय निशान गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आरूघाट आधारभुत स्वास्थ्य केन्द्र गोरखामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सिन्धुपालचोक, चौतारा साँगाचोक गढी नगरपालिका-६ दारेगौडा भिरस्थित सडकमा स्याउलेबाट चौतारातर्फ जाँदै गरेको बा.३८ प १०२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल भिरमा खसेर दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचपोखरी थाङपाल गाउँपालिका-५ बस्ने २७ वर्षीय दर्बल तामाङको मृत्यु भएको छ । आइतबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपुर्ण न्युरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको अर्थपेडिक अस्पताल नारायणटार काठमाडौंमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: २८ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?