Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

सवारी दुर्घटनामा तीन जनाको मृत्यु


काठमाडौं । चितवन, रत्ननगर नगरपालिका-३ शान्तिचोकस्थित सडकमा ना.४६ प ८२४८ नम्बरको मोटरसाइकल र ना.५६ प ९१६९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा स्कुटर चालक खैरहनी नगरपालिका-१ बस्ने २१ वर्षीय दिपेश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मनकामना अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल र स्कुटरमा सवार मध्ये २ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा र १ जनाको मनकामना अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

गोरखा, भिमसेनथापा गाउँपालिका-३ सिमलफेदस्थित सडकमा बा.३६ प १५६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-१ बस्ने २० वर्षीय निशान गिरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आरूघाट आधारभुत स्वास्थ्य केन्द्र गोरखामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सिन्धुपालचोक, चौतारा साँगाचोक गढी नगरपालिका-६ दारेगौडा भिरस्थित सडकमा स्याउलेबाट चौतारातर्फ जाँदै गरेको बा.३८ प १०२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल भिरमा खसेर दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचपोखरी थाङपाल गाउँपालिका-५ बस्ने २७ वर्षीय दर्बल तामाङको मृत्यु भएको छ । आइतबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको अन्नपुर्ण न्युरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको अर्थपेडिक अस्पताल नारायणटार काठमाडौंमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: २८ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?