Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
११ माघ २०८२, आईतवार
११ माघ २०८२, आईतवार

प्रदेश समाचार


पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्षले पास गरे एसइई !

२२ असार, म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण भएका छन् । माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोकाले दुई दशमलव ६५ जिपिए ल्याएर उत्तीर्ण भएका हुन् । विसं २०५८ मा एसएलसी परीक्षामा सामेल

कोशीका मुख्यमन्त्री थापाले लिए शपथ

२२ असार, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराएका हुन् । यसैगरी, नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम

वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याइने

२२ असार, काठमाडाैँ । वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ । नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाडौँ ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी

बर्सेनि घट्दै रोपाइँको क्षेत्रफल

२२ असार, गण्डकी । गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दो छ । आव २०७७÷७८ एक लाख १२ हजार दुई सय २७ हेक्टरमा वर्षे धान लगाइएकामा गत आवमा धान खेती एक लाख चार हजार छ सय ३२ हेक्टरमा मात्र सीमित बन्यो । यस वर्ष अझ घटेर ९७ हजार आठ सय ५१

मण्डनदेउपुर नगरपालिकाले सम्पदा र धर्ममा चोट पुराएको पुरातत्त्व विभागको ठहर

२२ असार ,काभ्रे । काभ्रेपलान्चोकका स्थानीय तहहरुमा रहेका सम्पदा अनधिकृतरुपमा मास्न थालेपछि पुरातत्व अधिकृत र पुरातत्वविद्सहितको टोलीले ‘सम्पदाको महत्व स्थानीय सरकारलाई पनि बुझाउनु’ भन्दै पुरातत्व विभागलाई प्रतिवेदन बुझाएका छन् । स्थानीय सरकारलाई सम्पदाको महत्व बुझाउनु पर्ने जनाउँदै प्राचीन संरक्षण ऐन २०१३, सम्पदासम्बन्धी वर्तमान ऐन तथा कानुनका बारेमा स्थानीय सरकारलाई पनि

हुलाकी सडक सुस्त गतिमा

२२ असार ,महेन्द्रनगर । कञ्चनपुरमा ६२ किलोमिटर हुलाकी सडक निर्माणमा निर्माण कम्पनीको बेवास्ताका कारण ठेक्काको पाँचौ पटक थपिएको म्याद सकिन लाग्दा पनि सडक पूरा हुन सकेको छैन् । तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कञ्चनपुरमा साढे छ वर्ष बितिसक्दा ६२ मध्ये २३ दशमलव पाँच किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ

खानीगाउँमा घरैपिच्छे बाख्रापालन

२२ असार ,गलेश्वर । दुई दशक खाडीमुलुकमा काम गरेर फर्किएपछि म्याग्दीको मङ्गला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यावसायिकरुपमा बाख्रापालन थाले । उनले युनाइटेड अरब इमिरेटस् (युएई), कुवेत र मलेसियामा काम गरे । बुढाथोकी पाँच वर्षदेखि बाख्रापालनमा रमाएका छन् । सुरुआतमा १७ स्थानीय र चार अस्‍ट्रेलियन उन्नत जातको बोयर बाख्राबाट व्यवसाय सुरु

इलाममा श्रीमतीको हत्या गरी आत्महत्या

२२ असार ,मङ्गलबारे । इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए । राधिका पिताम्बरी जेठी श्रीमती भएको बताइएको छ । गए राति करिब १०ः३० बजेतिर चिच्याएको आवाज

महाकाली सिँचाइ मूल नहरमा पानी परीक्षण गरिँदै

२२ असार ,दोधारा चाँदनी । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली सिँचाइ आयोजनाले तेस्रो चरणको मूल नहरमा परीक्षणका लागि पानी छोड्ने तयारी गरेको छ । आयोजनाले आज ब्रह्मदेवदेखि फुलेलीसम्म २७ किलोमिटर मूल नहरमा पानी परीक्षण गर्न लागेको महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर शम्भुराज पण्डितले जानकारी दिए । “मूल नहरमा तीनदेखि

बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति

२२ असार ,सिन्धुपाल्चोक । अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुर्याएको छ । गए रातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिए । “फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन”, उनले भने । फट्टेको पुल क्षति हुँदा मेलम्ची

सम्वन्धित समाचारहरु