२४ असार ,खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा शिक्षकको हाजिरीको प्रतिलिपि वडाध्यक्षले प्रमाणित गर्ने व्यवस्था निष्क्रिय पार्ने सहमति भएको छ । तत्कालीन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईको पालामा बनाइएको नगर शिक्षा नियमावली अव्यवहारिक भएको जनाउँदै जिल्लास्थित शिक्षक सङ्घ–सङ्गठन विरोध गर्दै आएका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख तीर्थराज
२४ असार ,दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएपछि कृषक उत्साहित भएका छन् । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित पालिकाले उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएपछि कृषक खुशी भएका हुन् । म्याग्दे गाउँपालिका–३ निवासी नवराज घिमिरेले चालु आर्थिक वर्षमा नौ हजार तीन सय ९४
२४ असार ,म्याग्दी । गत हिउँदमा सडक सञ्जालमा जोडिएको म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं २ को लमसुङ र लुलाङ बर्खा लागेसँगै यातायात सञ्जालबाट बिच्छेद भएको छ । गाउँपालिकाको केन्द्र मुनाबाट वडा नं २ को खोरिया–लमसुङ हुँदै गुर्जा जोड्ने सडकले लुलाङगाउँ काटेको छ । सडकमा लमसुङमा दरखोला, वडा नं ३ को
२३ असार ,जानकी । नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । आज बसेको नगरसभाको १३औँ अधिवेशनको दोस्रो बैठकमा नगरप्रमुख प्रशान्त विष्टले निर्णयार्थ प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम, बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मत पारित भएको हो । यही असार
२३ असार ,काठमाडौँ । मनोहरा करिडोरअन्तर्गत बालकुमारी पुलदेखि बागमती दोभानसम्म पार्क र साइकल लेनलगायतका संरचना निर्माण सुरु गरिएको छ । केही वर्ष पहिले सम्पन्न भएर सञ्चालनमा रहेको सो सडकमा अहिले सडक र नदी बीचका बाँकी काम सुरु गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको भनाइ छ । बालकुमारी–दोभान खण्डमा
२३ असार, हेटाैँडा । हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले सडक बिस्तारमा अबरोध नपुर्याउन आग्रह गरेकी छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा बजारमा पर्ने सडक विस्तार गरेरै छाड्ने उनको भनाइ छ । बागमती प्रदेशको राजधानी रहेको हेटौँडामा बढ्दो सवारी चाप र साँघुरो सडकका कारण बजार व्यवस्थापनमा समस्या हुने गरेको उनले बताइन् ।
२३ असार, इलाम । इलामको पशुपतिनगर नाका शील भएपछि बजार सुनसान भएको छ । भारतको पश्चिम बङ्गालस्थित दार्जिलिङ जिल्लामा हुन लागेको पञ्चायत जनरल निर्वाचनका लागि नेपाल–भारतबीच पर्ने इलामको पशुपतिनगर नाका तीन दिनका लागि शील गरिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । बिहीबार साँझ ५ बजे शील गरिएपछि शुक्रबार र शनिबार
२३ असार, चितवन । नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । आज दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको छ । अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर
२३ असार, कैलाली । कैलालीको टीकापुर पछिल्लो समय केरा खेतीका लागि चिनिने गरेको छ । यहाँ अन्यभन्दा केरा खेतीबाट पर्याप्त आम्दानी हुने गरेको छ । बजारीकरणको समस्या नहुँदा किसान दिनप्रतिदिन केरा खेतीतर्फ आकर्षित हुन थालेका छन् । टीकापुरमा केरा खेतीमा समर्पित कालु हमाल सुरुआतमा १० बोटबाट व्यवसाय सुरु गरेको बताउँछन् ।
२३ असार, रसुवा । नेपाल-चीन सीमामा पर्ने केरूङ नाकासम्म आवतजावतका लागि दिइने स्थायी परिचयपत्र नागरिकता प्रमाणपत्रका आधारमा प्रदान गरिने भएको छ । यसअघि सीमा क्षेत्रका बासिन्दालाई केरूङ आवतजावत गर्न नागरिकता प्रमाणपत्र वा बसाइँसराइको कागजका आधारमा स्थायी परिचयपत्र उपलब्ध गराइँदै आइएको थियो । बाहिर जिल्लाका नागरिकले फर्जी बसाइँसराइ कागज पेस गरी केरूङ