५ असार, बझाङ । बझाङ दुर्घटनामा घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित घाइते तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। बझाङका सहायक जिल्ला प्रमुख अधिकारी सत्यकुमार जोशीका अनुसार मन्त्री सिंहसहित घाइते तीन जनालाई थप उपचारका हेलिकप्टरमार्फत् नेपालगञ्ज पठाइएको हो। मन्त्री सिंह, चालक धर्मराज जोशी र
५ असार, बझाङ । बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएको छ। सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना भएको हो। बझाङका सहायक जिल्ला प्रमुख अधिकारी सत्यकुमार जोशीका अनुसार मन्त्री सवार गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा केदारस्युँ
५ असार, चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा दुई महिनायता कार्यकारी निर्देशक नहुँदा दैनिक कामकाज प्रभावित भएको छ । अस्पतालमा बिरामीलाई अत्यावश्यक अक्सिजनदेखि अन्य औषधिजन्य सामग्री खरिद प्रभावित बनेको हो । बिल भुक्तानी हुन नसक्दा अत्यावश्यक सामग्री आउन छाडेपछि नियमित काममासमेत अवरोध पुगेको छ । अस्पतालका सूचना अधिकारी गृहनारायण
५ असार, ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज पहिरोले एक घर पुरिएको छ । पहिरोले मेहेलेको खुवास्थित तार्छदिप लिङ्देनको घर पुरिएको हो । उक्त घरमा लिङ्देन एक्लै बस्दै आएका थिए । पहिरो गएको बेला उनि घरबाहिर रहेका कारण मानवीय क्षति हुन नपाएको स्थानीय राजकुमार कँडेलले जानकारी दिए । यस्तै मेहेलेका
५ असार, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन कर्मचारीलाई रु चार लाख घुस रकमसहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगको टंगाल र इटहरीबाट गएको संयुक्त टोलीले आयोजना व्यवस्थापक हुतराज चौहान, इञ्जिनियर रविन्द्रकुमार शर्मा र लेखापाल
५ असार, ताप्लेजुङ । वर्षाका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माण थालिएको छ । भौतिक र मानवीय क्षति भएको सो स्थानमा सोमबारदेखि बेलीब्रिज निर्माणको काम अघि बढाइएको हो । सोमबारदेखि धमाधम बेलीब्रीजको काम थालिएको मेची राजमार्ग आयोजना प्रमुख विदुर पोखरेलले जानकारी दिए । बेलीब्रिज निर्माण सामग्री
५ असार, काठमाडाैँ । आफ्नो क्षेत्राधिकारभित्र पर्ने संस्थागत घरबहाल कर सङ्घीय सरकारअन्तर्गतको आन्तरिक राजस्व विभागले उठाइरहेकाले आफूलाई उपलब्ध गराउन मागसहित काठमाडौँ महानगरपालिकाले पत्राचार गरेको छ । महानगरका प्रमुख बालेन्द्र शाहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र लेख्दै संविधान र कानुनले बहाल करलाई स्थानीय सरकारको अधिकारमा राखेकामा व्यक्तिगत घरबहाल कर महानगरले
५ असार, गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले क्लान्सरबाट पीडित एक महिलालाई अस्पतालमै नागरिकता प्रदान गरेको छ । पालुङटार नगरपालिका–७ की क्यान्सरपीडित रविना दराईलाई अस्पतालको सघन उपचार कक्षमै पुगेर नागरिकता प्रदान गरिएको हो । काठमाडाैँको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत दराईलाई त्यहीँ पुगेर नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय
५ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेले जनताको धन र ज्यानको रक्षा गरेर विकास निर्माणका काम गर्नुपर्ने बताएका छन् । भरतपुर महानगरपालिका–१२ कालिका टोलमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जनतालाई उठिबास लगाएर गरिने विकासको अर्थ नभएको बताए ।
५ असार, कञ्चनपुर । जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले नेपालमा महामारीको जोखिम बढेको विज्ञहरूले बताएका छन् । पछिल्लो समय कृषि, पशु र मानिसमा भइरहेको जथाभावी एन्टिबायोटिक औषधिको अत्यधिक प्रयोगले जनस्वास्थ्यमा चुनौतीसँगै जोखिम बढेको उनीहरूले बताए । विश्वव्यापी रूपमा बढ्दै गएको ‘एन्टिमाइक्रोबिएल रेसिस्टेन्स’को असर नेपालमा पनि देखिन थालेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य