Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

दुर्घटनामा घाइते भएका मन्त्रीलाई उपचारका लागि नेपालगञ्ज रेफर


५ असार, बझाङ । बझाङ दुर्घटनामा घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित घाइते तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।

बझाङका सहायक जिल्ला प्रमुख अधिकारी सत्यकुमार जोशीका अनुसार मन्त्री सिंहसहित घाइते तीन जनालाई थप उपचारका हेलिकप्टरमार्फत् नेपालगञ्ज पठाइएको हो।

मन्त्री सिंह, चालक धर्मराज जोशी र मन्त्रीका पिएसओ प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको हो।

डडेलधुराबाट चैनपुर आउने क्रममा कानुनमन्त्री सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटना भएको हो। गाडी सडकबाट ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो।

दुर्घटनामा घाइते मन्त्री सिंहकी श्रीमती अमृतादेवी र भाउजू जयलक्ष्मीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। उनिहरुको अवस्था गम्भीर रहेको छ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?