६ वैशाख, सल्यान । सल्यानको बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८स्थित कुपिन्डे दह अवलोकन गर्न जाने पर्यटकको सङख्या दैनिक बढ्न थालेको छ । अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ आउने पर्यटकलाई उक्त दहको वातावरणले लोभ्याउने गरेको छ। चारैतिर वनजङ्गलको बीचमा अवस्थित दह देखेपछि त्यहाँ पुग्ने जो कोही पनि दङ्ग पदैँ रमाउने
६ वैशाख, गोरखा । वन्यजन्तुका लागि गोरखाका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयले वन्यजन्तुलाई पानी अभाव हुन नदिन जिल्लाभित्रका १६ सामुदायिक वनमा पोखरी निर्माणको काम सम्पन्न भइसकेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख डिभिजन वन अृधिकत अशोककुमार श्रेष्ठले जानकारी दिए । “चालु आर्थिक वर्षको कार्यक्रमबाट छ सामुदायिक
६ वैशाख, खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाको बाक्सिलामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको आयोजना तथा काठमाडौँ मेडिकल कलेज (केएमसी), काठमाडौँको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको हो । दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार एक सय दुई जनाले सेवा लिएका छन् । बाक्सिलास्थित पृथ्वी माविमा सञ्चालन गरिएको सो शिविरबाट
६ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङले मङ्गलबार किशोरीहरूसँग संवाद गरेका छन् । जागृति बाल तथा युवा सरोकार नेपालले नवलपुरको कावासोतीदेखि आएको किशोरी अभियानकर्मीको टोलीसँग मन्त्री गुरुङको भेट गराएको थियो । पोखरामा भएको ‘किशोरी संवाद’ कार्यक्रममा किशोरी समूहका प्रतिनिधिले मन्त्री गुरुङसमक्ष ध्यानाकषर्षणपत्र बुझाए ।
६ वैशाख ,रामपुर (पाल्पा) । पाल्पाको विकट क्षेत्र निस्दी गाउँपालिका–६ र पूर्वखोला गाउँपालिका–१ जोड्ने निस्दीखोलाको रेचेघाटमा पक्की पुल निर्माण गरिएको छ । जय नेपाल कम्पनी विवेककुमार निर्माण सेवा प्रालि, स्याङ्जाले ठेक्का लिएको उक्त पुल कुल रु चार करोड ४८ लाखको लागतमा निर्माण गरिएको हो । पुलको लम्बाइ ४६ मिटर रहेको
६ वैशाख ,भजनी । कैलालीको भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन् । सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि तलब पाउन सकेका छैनन् । नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख कैलाश चौधरी स्वास्थ्यकर्मीले तलबभत्ता नपाउँदा दिनहुँ किचलो हुने गरेको बताउछन् । नगरपालिकाले करार तथा ज्यालादारीमा
६ वैशाख ,गलेश्वर । म्याग्दीमा गए राति मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा बागलुङबाट आउँदै गरेका सुशील खत्रीको बा८प ४०७२ नंको मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु भएको हो । सडक पार गर्दै गरेको चितुवा मोटरसाइकलसित ठोक्किएपछि घटनास्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख मनोज रानाभाटले
६ वैशाख ,किमाथाङ्का । कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ । खेलकुद मार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजक तीन पोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश चापागाईँले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई रु
५ वैशाख, काठमाडाैँ। घरको छतबाट खसेर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकको थप उपचार काठमाडाैँमा हुने भएको छ । चितवनको पुरानो मेडिकल कलेजमा पहिलो चरणको उपचार गरेर स्वास्थ्य अवस्था स्थिर भएपछि उनलाई काठमाडाैँ ल्याइएको हो । घरको छतबाट खसेर घाइते भएका शम्भु थापाको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार
५ वैशाख, काठमाडाैँ । काठमाडौँको टोखामा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण हुने भएको छ । टोखा नगरपालिकाले झोर महाङ्कालमा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा नगरपालिकाको रु ८२ लाख लागतमा ३५ फिट अग्लो बुद्धकोमूर्ति निर्माण गर्न लागिएको जानकारी दिए । सो मूर्ति