Trending
>>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ
Logo
२१ कार्तिक २०८३, शनिबार
२१ कार्तिक २०८३, शनिबार

थप उपचारका लागि रवि लामिछानेका सवारी चालकलाई काठमाडाैँ ल्याइयो


५ वैशाख, काठमाडाैँ। घरको छतबाट खसेर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकको थप उपचार काठमाडाैँमा हुने भएको छ । चितवनको पुरानो मेडिकल कलेजमा पहिलो चरणको उपचार गरेर स्वास्थ्य अवस्था स्थिर भएपछि उनलाई काठमाडाैँ ल्याइएको हो ।

घरको छतबाट खसेर घाइते भएका शम्भु थापाको ललितपुरको मेडिसिटी अस्पतालमा उपचार हुने सभापति लामिछानेले जानकारी दिएका छन् । उनलाई मंगलबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाैँ ल्याइएको हो ।

सोमबार बिहान ४ बजेतिर चितवनको घरबाट खसेर उनी गम्भीर घाइते भएका थिए । उनको अहिलेसम्म होस नआएको बताइएको छ ।

 


प्रकाशित मिति: ५ बैशाख २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?