१८ वैशाख ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मजदुर वर्गका सामाजिक सुरक्षा, सुरक्षित कार्यस्थल, हक, हित अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन् । एकीकृत समाजवादी निकट ट्रेड युनियनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले श्रमिक वर्गको अधिकारका साथै राज्यबाट सेवासुविधा उपलब्ध गराउन आवश्यक नीति निर्माणमा उनीहरूको सहभागिता हुनुपर्ने
१८ वैशाख ,हेटौँडा । महिला पत्रकारहरूको टोली मेची–महाकाली साइकल यात्रामा निस्किएको छ । यात्राका लागि सो टोली हेटौँडा हुँदै पूर्वतिर अगाडि बढेको हो । पत्रकार सुनिता बुढाथोकीको नेतृत्वमा अग्रज फोटो पत्रकार उषा टिटिक्सु सहितको टोली सामाजिक रुपान्तरणका लागि भन्दै यात्रामा लागेको हो । न्याय, समानता र आत्मसम्मानका लागि यात्रामा शुरु
१८ वैशाख, धादिङ । पृथ्वीराजमार्ग अवरूद्ध भएको छ । धादिङको गणेशखोला पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको हो । सोमबार अपरान्ह ४ बजे पुल भासिएर खाडल परेको प्रहरीले जानकारी दिएको छ । धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने गणेश खोलामाथिको पुलमा भ्वाङ परेपछि दुवैतर्फ अवरूद्ध सवारी अवरूद्ध भएको छ
१८ वैशाख, तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–७ बाजगरा निवासी ५३ वर्षीय कृष्णकुमार थापाको भिरबाट लडेर मृत्यु भएको छ । घर नजिकै रहेको चण्डी भयर सामुदायिक वनको गोरेटो बाटोदेखि करिब सय मिटर तल खस्दा मृत्यु भएका उनि आइतबार दमौलीमा आँखासम्बन्धी उपचारपश्चात् घर फर्किएको परिवारले जनाएका छन् । भिरको रुखमा अड्किएको अवस्थामा
१८ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दोस्रो पटक रात्रि बजार सञ्चालन गर्ने तयारी गरेको छ । अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले नयाँ वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई निरन्तरता दिन दोस्रो पटक वैशाख २९ र ३० गते रात्रि बजार लगाउन लागिएको महानगरपालिकाले जनाएको छ । हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार
१८ वैशाख, मोरङ । मोरङ–सुनसरी–कटहरी क्षेत्रका औद्योगिक कोरिडोरका उद्योगमा नेपाल विद्युत् प्राधिकरणले विभिन्न प्राविधिक त्रुटि देखाउँदै विद्युत् आपूर्ति कटौती गरिरहेकामा मोरङ व्यापार सङ्घले आपत्ति जनाएको छ । विगतका कोभिडका कारण भएको बन्दाबन्दी तथा विद्यमान अवस्थामा तरलता अभाव, चर्को बैंक ब्याजदरलगायत आर्थिक जटिलताको अवस्थामा जेनतेन सञ्चालनमा रहेका उद्योगका लागि अतिआवश्यक विद्युत्
१८ वैशाख, कञ्चनपुर । कञ्चनपुरमा सडक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जना र साइकल र मोटरसाइकल ठोकिदा एक गरी दुई जनाको मृत्यु भएको हो । आइतबार साँझ कृष्णपुर नगरपालिका–५ स्थित बनदेवी मन्दिर नजिकको जङ्गलमा रोकिएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बेदकोट नगरपालिका–१० का २८ वर्षीय तपेन्द्र
१८ वैशाख, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन प्रवद्र्धनका लागि प्याराग्लाइडिङले ठूलो मद्दत पुग्ने बताएका छन् । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको प्याराग्लाइडिङको आज उद्घाटन गर्दै उनले चितवनको पर्यटनलाई यसले थप टेवा पुग्ने बताएका हुन् । उनले भने, “चितवनमा पर्यटन विकासका लागि
१८ वैशाख, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महावीर पुनलाई सरकारले सहयोग गरेन भन्नु झुट रहेको बताएका छन् । चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले आगामी बजेटबाट महावीर पुनको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेता पनि उनी माइतीघरमा धर्ना बसेको दाबी गरे । माइतीघरमा बस्नुअघि आफूसँग सकारात्म छलफल भएको प्रधानमन्त्री प्रचण्डले टिप्पणी
१८ वैशाख, सिन्धुपाल्चोक । नेपाल–चीनबीचको सबैभन्दा ठुलो उत्तरी सीमा तातोपानी नाकाबाट आठ वर्षपछि चीनतर्फ निर्यात खुलेको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले दुवै देशबाट आयात–निर्यात खुल्दै नाका सञ्चालनमा आएको जानकारी दिए । दुवै देशमा मालवाहक कन्टेनर आउजाउ हुन थालेका छन् । चीन र नेपालका सुरक्षा निकायको उपस्थितिमा दुवै देशबाट