Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सडक दुर्घटनामा दुई जनाको मृत्यु


१८ वैशाख, कञ्चनपुर । कञ्चनपुरमा सडक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जना र साइकल र मोटरसाइकल ठोकिदा एक गरी दुई जनाको मृत्यु भएको हो ।

आइतबार साँझ कृष्णपुर नगरपालिका–५ स्थित बनदेवी मन्दिर नजिकको जङ्गलमा रोकिएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बेदकोट नगरपालिका–१० का २८ वर्षीय तपेन्द्र बडुवालको मृत्यु भएको हो ।

बडुवालले चलाएको सुदूरपश्चिम प्रदेश ०२-००-४ प १८४६ नम्बरको मोटरसाइकल से १ त २८२९ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किँदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले बताए ।

घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार कृष्णपुर–५ की २० वर्षीया गरिमा महता घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र ट्याक्टर चालक कृष्णपुर– ८ का ४२ वर्षीय वीरसिंह महरालाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यस्तै, आइतबार राति भीमदत्त नगरपालिका–४ स्थित उद्योग, वाणिज्य सङ्घ नजिक मोटरसाइकलले ठक्कर दिँदा सोही नगरपालिका–४ गोबरैया बस्ने कांग्रेस क्षेत्रीय प्रतिनिधि महेश्वर भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भीमदत्त नगरपालिका –१८ निवासी वीरेन्द्र रावलले चलाएको म २ प ८३३३ नम्बरको मोटरसाइकलले साइकलमा सवार ६८ वर्षीय भट्टलाई राति करिब ८ बजेतिर ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीका अनुसार घाइते भट्टको उपचारका क्रममा धनगढीस्थित अस्पतालमा मृत्यु भएको हो । निजामती सेवाबाट सेवानिवृत भएपछि राजनीतिसँगै महेन्द्रनगरको हाइवे रोडमा हार्डवेयरको पसल खोलेर व्यवसाय गरिरहेका भट्ट घर जाने बेला दुर्घटनामा परेका हुन् ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?