Trending
>>   ०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी >>   ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान >>   आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै >>   अलास्कामा ट्रम्प–पुटिन भेट : फलदायी छलफल भए पनि कुनै सम्झौता भएन >>   साप्ताहिक राशिफल :२०८२ साउन ३१ देखि भाद्र ७ सम्मका लागि >>   उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का >>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ?
Logo
३१ श्रावण २०८२, शनिबार
३१ श्रावण २०८२, शनिबार

सडक दुर्घटनामा दुई जनाको मृत्यु


१८ वैशाख, कञ्चनपुर । कञ्चनपुरमा सडक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जना र साइकल र मोटरसाइकल ठोकिदा एक गरी दुई जनाको मृत्यु भएको हो ।

आइतबार साँझ कृष्णपुर नगरपालिका–५ स्थित बनदेवी मन्दिर नजिकको जङ्गलमा रोकिएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बेदकोट नगरपालिका–१० का २८ वर्षीय तपेन्द्र बडुवालको मृत्यु भएको हो ।

बडुवालले चलाएको सुदूरपश्चिम प्रदेश ०२-००-४ प १८४६ नम्बरको मोटरसाइकल से १ त २८२९ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किँदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले बताए ।

घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि सवार कृष्णपुर–५ की २० वर्षीया गरिमा महता घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको र ट्याक्टर चालक कृष्णपुर– ८ का ४२ वर्षीय वीरसिंह महरालाई इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यस्तै, आइतबार राति भीमदत्त नगरपालिका–४ स्थित उद्योग, वाणिज्य सङ्घ नजिक मोटरसाइकलले ठक्कर दिँदा सोही नगरपालिका–४ गोबरैया बस्ने कांग्रेस क्षेत्रीय प्रतिनिधि महेश्वर भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भीमदत्त नगरपालिका –१८ निवासी वीरेन्द्र रावलले चलाएको म २ प ८३३३ नम्बरको मोटरसाइकलले साइकलमा सवार ६८ वर्षीय भट्टलाई राति करिब ८ बजेतिर ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीका अनुसार घाइते भट्टको उपचारका क्रममा धनगढीस्थित अस्पतालमा मृत्यु भएको हो । निजामती सेवाबाट सेवानिवृत भएपछि राजनीतिसँगै महेन्द्रनगरको हाइवे रोडमा हार्डवेयरको पसल खोलेर व्यवसाय गरिरहेका भट्ट घर जाने बेला दुर्घटनामा परेका हुन् ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?