Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

परिवर्तन र न्यायका लागि महिला पत्रकारहरूको साइकल यात्रा


१८ वैशाख ,हेटौँडा । महिला पत्रकारहरूको टोली मेची–महाकाली साइकल यात्रामा निस्किएको छ ।

यात्राका लागि सो टोली हेटौँडा हुँदै पूर्वतिर अगाडि बढेको हो । पत्रकार सुनिता बुढाथोकीको नेतृत्वमा अग्रज फोटो पत्रकार उषा टिटिक्सु सहितको टोली सामाजिक रुपान्तरणका लागि भन्दै यात्रामा लागेको हो ।

न्याय, समानता र आत्मसम्मानका लागि यात्रामा शुरु गरेको सहभागीले बताएका छन् । पत्रकार बुढाथोकीले चेतनामूलक सन्देश प्रवाहका लागि साइकल यात्रा तय गरिएको बताईन् ।

साहसी काम मानिने साइकल यात्रासहित महिलाहरूले चेतना फैलाउन सक्छन् भन्ने सन्देश प्रवाह गर्नका लागि पनि यात्रा थालिएको उनले जानकारी दिईन् ।

त्यसैगरी, अग्रज पत्रकार टिटिक्सुले सामाजिक रुपान्तरणसँगै सडकमा जनपहुँच, साइकलबारे जनचेतना सहितको सन्देश प्रवाहका लागि आफू चितवनबाट यात्रामा जोडिएको उल्लेख गरिन्।

उमेरले पाँच दशक पार गरिसकेकी उनले लिङ्ग र उमेरले यात्रालाई अवरोध नगर्नेसमेत सन्देश दिएकि छन् ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?