Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

परिवर्तन र न्यायका लागि महिला पत्रकारहरूको साइकल यात्रा


१८ वैशाख ,हेटौँडा । महिला पत्रकारहरूको टोली मेची–महाकाली साइकल यात्रामा निस्किएको छ ।

यात्राका लागि सो टोली हेटौँडा हुँदै पूर्वतिर अगाडि बढेको हो । पत्रकार सुनिता बुढाथोकीको नेतृत्वमा अग्रज फोटो पत्रकार उषा टिटिक्सु सहितको टोली सामाजिक रुपान्तरणका लागि भन्दै यात्रामा लागेको हो ।

न्याय, समानता र आत्मसम्मानका लागि यात्रामा शुरु गरेको सहभागीले बताएका छन् । पत्रकार बुढाथोकीले चेतनामूलक सन्देश प्रवाहका लागि साइकल यात्रा तय गरिएको बताईन् ।

साहसी काम मानिने साइकल यात्रासहित महिलाहरूले चेतना फैलाउन सक्छन् भन्ने सन्देश प्रवाह गर्नका लागि पनि यात्रा थालिएको उनले जानकारी दिईन् ।

त्यसैगरी, अग्रज पत्रकार टिटिक्सुले सामाजिक रुपान्तरणसँगै सडकमा जनपहुँच, साइकलबारे जनचेतना सहितको सन्देश प्रवाहका लागि आफू चितवनबाट यात्रामा जोडिएको उल्लेख गरिन्।

उमेरले पाँच दशक पार गरिसकेकी उनले लिङ्ग र उमेरले यात्रालाई अवरोध नगर्नेसमेत सन्देश दिएकि छन् ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?