Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

श्रमिकको आर्थिक तथा सामाजिक रूपान्तरण आवश्यक छ : अध्यक्ष नेपाल


१८ वैशाख ,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मजदुर वर्गका सामाजिक सुरक्षा, सुरक्षित कार्यस्थल, हक, हित अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

एकीकृत समाजवादी निकट ट्रेड युनियनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले श्रमिक वर्गको अधिकारका साथै राज्यबाट सेवासुविधा उपलब्ध गराउन आवश्यक नीति निर्माणमा उनीहरूको सहभागिता हुनुपर्ने बताए ।

उनले मुलुकको विकास र आर्थिक समृद्धि प्राप्त गर्न उनीहरूको आर्थिक तथा सामाजिक रूपान्तरणको खाँचो औँल्याए । पूर्वप्रधानमन्त्री नेपालले उत्पादनको विभिन्न क्षेत्रमा क्रियाशील श्रमिक वर्गको अधिकार तथा हितको संवर्द्धन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै उनीहरूले पनि लोकतान्त्रिक मूल्यमान्यताको रक्षा गर्नुपर्ने विचार व्यक्त गरे ।

सामाजिक शोषण, अन्याय, विभेदको अन्त्य गरी गरिबी न्यूनीकरण गर्न सकिने बताउँदै उनले त्यसका लागि कम्युनिष्ट पार्टीको स्थापना गरिएको र मूलधारको कम्युनिष्ट सिद्धान्तलाई आफ्नो पार्टीले आत्मसात् गरेको बताए ।

कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले श्रमिक, मजदुर, श्रमजीवी वर्गलाई सामाजिक न्याय र समानतामा आधारित सुरक्षा कायम गरी अन्य अधिकार सुनिश्चित गर्नुपर्ने विचार व्यक्त गरे । यही वैशाख २० गतेसम्म चल्ने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?