Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

सरकारले महावीर पुनलाई सहयोग गरेन भन्नु झुट हो : प्रधानमन्त्री प्रचण्ड


१८ वैशाख, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महावीर पुनलाई सरकारले सहयोग गरेन भन्नु झुट रहेको बताएका छन् ।

चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले आगामी बजेटबाट महावीर पुनको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेता पनि उनी माइतीघरमा धर्ना बसेको दाबी गरे ।

माइतीघरमा बस्नुअघि आफूसँग सकारात्म छलफल भएको प्रधानमन्त्री प्रचण्डले टिप्पणी गरेका छन् ।

त्यस्तै, महावीर पुनले बालुवाटारबाट निस्कने समयमा आफू अनसन बस्न लागेको जानकारी गराएको पनि प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

‘हिँड्नेबेलामा म त माइतीघर मण्डलामा बस्छु है, कस्तो हुँदो रहेछ भन्नुभाथ्यो । मैले नै गएर माइतीघरमा बस् भन्न त मिल्दैन । तपाईँ बस्नुभयो भने मलाई सजिलै हुन्छ बजेट बनाउन पनि भनेको थिएँ। करिब करिब मैले बुझ्दा सल्लाहमै बस्नुभएको हो, सल्लाहमै जानुभएको हो । एकदुई दिन बस्नु राम्रै हुन्छ भन्ने थियो । हिजो उपप्रधानमन्त्री गएर कुराकानी गरेपछि करिब करिब टुंगिँदै छ ।’


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?