Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सरकारले महावीर पुनलाई सहयोग गरेन भन्नु झुट हो : प्रधानमन्त्री प्रचण्ड


१८ वैशाख, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महावीर पुनलाई सरकारले सहयोग गरेन भन्नु झुट रहेको बताएका छन् ।

चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले आगामी बजेटबाट महावीर पुनको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेता पनि उनी माइतीघरमा धर्ना बसेको दाबी गरे ।

माइतीघरमा बस्नुअघि आफूसँग सकारात्म छलफल भएको प्रधानमन्त्री प्रचण्डले टिप्पणी गरेका छन् ।

त्यस्तै, महावीर पुनले बालुवाटारबाट निस्कने समयमा आफू अनसन बस्न लागेको जानकारी गराएको पनि प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।

‘हिँड्नेबेलामा म त माइतीघर मण्डलामा बस्छु है, कस्तो हुँदो रहेछ भन्नुभाथ्यो । मैले नै गएर माइतीघरमा बस् भन्न त मिल्दैन । तपाईँ बस्नुभयो भने मलाई सजिलै हुन्छ बजेट बनाउन पनि भनेको थिएँ। करिब करिब मैले बुझ्दा सल्लाहमै बस्नुभएको हो, सल्लाहमै जानुभएको हो । एकदुई दिन बस्नु राम्रै हुन्छ भन्ने थियो । हिजो उपप्रधानमन्त्री गएर कुराकानी गरेपछि करिब करिब टुंगिँदै छ ।’


प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?