काठमाडाैं । आज नारायणहिटि दरबार खाली गर्न सरकारलाई चेतावनी दिँदै राजावादीहरूकाे र्याली निकालेका छन् । र्याली राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयाेजक दुर्गा प्रसाइकाे नेतृत्वमा भइरहेकाे छ । उपत्यकाब्यापी भ्रष्टाचार विरुद्धको खबरदारी र्याली नाम दिइएकाे छ ।
सुनसरी । रणनीतिक सडक निर्माणमा ठेकेदारको लापरवाही देखेपछि सांसद भगबती चौधरीले फिल्डमै उत्रिएर अनुगमन गरेकी छन् । गृहजिल्ला रहेकी चौधरीले सुनसरी क्षेत्र नं. ३ मा पर्ने रणनैतिक सडक निर्माणमा ठेकेदारले ढिलासुस्तीसँगै लापरवाही गरेको देखेपछि सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख राजेन्द्रप्रसाद साहलाई फिल्डबाटै सडकको गुणस्तरीयता कायम गर्न निर्देशन दिएकी हुन् ।
अर्घाखाँची । आज बिहान अर्घाखाँचीको ढाकावाङमा सन्धिखर्कका लागि छुटेको लु१ज १६७९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । दुर्घटनामा सन्धिखर्क–८ खापडाँडाकी ४२ वर्षीया डेमकला बेल्वासे आचार्य र भूमिकास्थान–२ मुलटंकिका ३४ वर्षीया देवा बेल्वासेको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठोरले
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजस्व विभागले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । यस पटक ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेहरुलाई कर तिर्न पत्र पठाइएको हो । प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लवलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ । यो व्यवस्था सालबसाली
सुदूरपश्चिम। गत असोजमा मनसुन बहिरिएपछि पहिलोपटक सुदूरपश्चिम प्रदेशमा भएको वर्षाले किसान खुसी भएका छन् । लामो समयपछि वर्षा भएकाले बाली सप्रिने भन्दै किसान खुसी भएका हुन् । कैलालीका किसान रामबहादुर चौधरीले भने, “वर्षा नहुँदा देखिएको सुक्खा मौसमले किसानलाई समस्या थियो । अहिले वर्षा भएसँगै गहुँ, मसुरो, तरकारी, फलफूललगायत हिउँदे खेतीका
मनहरी,मकवानपुर। बागमती प्रदेश सरकारले प्रदेशसभामार्फत हालसम्म ७८ वटा कानुन निर्माण गरेको छ । प्रदेश सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि आवश्यकपर्ने ९९ कानुनमध्ये ७८ वटा कानुन बनेका हुन् । उक्त प्रदेशसभा सचिवालयमा दर्ता भएका ८७ विधेयकमध्ये ७८ वटा पारित भएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । पारित भएका ७८ विधेयकमध्ये
भोजपुर। टेम्केमैयुङ गाउँपालिका–४ नागीले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिएको छ । उक्त गाउँपालिकाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणमा जोड दिँदै गुणस्तरमा सुधार ल्याउन पहल थालेको हो । त्यस्तै, शैक्षिक सुधारका लागि यहाँका शिक्षक तथा कर्मचारीलाई तीन महिने प्रविधिसम्बन्धी आइसिटी तालिम दिएको छ भने सो वडाले शिक्षक तथा कर्मचारीलाई प्रविधिमा दक्ष बनाउँदै,
टक्सार,भोजपुर। बिजुली बाल्ने चाहना पूरा भएकामा भोजपुरको दक्षिण हतुवागढी गाउँपालिका–८ बारीगाउँका रामबहादुर राईको परिवार हर्षले गद्गद् भएको छ । नेपाल विद्युत् प्राधिकरणले गाउँमा विद्युतीकरण गरेसँगै राई परिवारमात्र नभई छिमेकी पनि दङ्ग छन् । रामबहादुर भन्छन्, “गाउँमा बिजुली पुगेपछि म मात्रै होइन, गाउँका बूढाबूढी, तन्नेरीदेखि बालबालिका सबै खुसी छौँ ।” अहिलेसम्म
काठमाडौं। गत कात्तिक १७ गते गएको भूकम्पबाट पीडित भएकाहरूका लागि निर्माण गरिएका अस्थायी आवास पालिकामार्फत हस्तान्तरण गरिएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट-१ रामीडाँडाका पीडितका लागि निर्माण गरिएका अस्थायी आवास एक कार्यक्रमबीच गाउँपालिकामार्फत सम्बन्धित प्रभावितलाई हस्तान्तरण गरिएको हो । त्यस्तै, कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल) ले
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर. थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । प्रमुख शाहको कार्यकक्षमा भएको भेटघाटमा आपसी विषयमा कुराकानी भएको थियो । भेटका क्रममा प्रमुख शाहले भन्नुभयो, ‘आपसी कार्यक्रमका रुपमा हामीले आइटी (सूचना प्रविधि) को तालिम चलाउन सक्छौँ