Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सुदूरपश्चिम प्रदेशमा भएको वर्षाले किसान खुसी


पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

सुदूरपश्चिम। गत असोजमा मनसुन बहिरिएपछि पहिलोपटक सुदूरपश्चिम प्रदेशमा भएको वर्षाले किसान खुसी भएका छन् । लामो समयपछि वर्षा भएकाले बाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।

कैलालीका किसान रामबहादुर चौधरीले भने, “वर्षा नहुँदा देखिएको सुक्खा मौसमले किसानलाई समस्या थियो । अहिले वर्षा भएसँगै गहुँ, मसुरो, तरकारी, फलफूललगायत हिउँदे खेतीका लागि राम्रो भएको छ ।” किसान जागुराम रानाले वर्षाले सिँचाइ सुविधाको अभाव झेलिरहेका किसानलाई ठूलो राहत मिलेको बताए ।

बुधबार रातिदेखि बिहीबार अपराह्नसम्म कैलालीमा १४ दशमलव दुई मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार साहले जानकारी दिए।

त्यस्तै, पश्चिमी वायुको प्रभावस्वरुप वर्षा भएको साहले बताए । पानी पार्ने प्रणाली बिहीबार साँझबाट विस्तारै कमजोर हुँदै गएको उनको भनाइ थियो । यस वर्ष गत पुस पहिलो हप्तादेखि झण्डै ३५ दिनसम्म बाक्लो हुस्सु र कुहिरोसँगै निरन्तर चलेको शीतलहरले जनवीवन कष्टकर बनेको थियो ।

शीतलहरसँगै यही माघ ११ गते एक दशकयताकै सबैभन्दा कम तापक्रम एक दशमलव आठ डिग्रीसेल्सियस मापन गरिएको थियो भने पछिल्लो पाँच दिनदेखि शीतलहरको समस्या हटेर घाम लाग्न थालेकामा बुधबार र बिहीबार हिउँदे वर्षा भएको हो ।

सो वर्षासँगै सुदूरपश्चिम प्रदेशका बाजुरा, बैतडी, दार्चुलाका हिमाली र उच्च पहाडी भेकमा हिमपात भएको छ । वर्षा र हिमपातले सिँचाइको अभावमा हुर्कन नपाएका पहाडी भेकका बालीलाई फाइदा पु¥याएको छ भने हिमपातसँगै पहाडी र हिमाली क्षेत्रमा चिसो बढेको छ ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?