Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

बार, दोहोरी र क्लबलाई मनोरञ्जन कर तिर्न महानगरकाे पत्राचार ! कुन कुनले टेरेनन बालेनलाइ?


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजस्व विभागले क्लब, दोहोरी तथा बारहरुलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । यस पटक ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेहरुलाई कर तिर्न पत्र पठाइएको हो ।

प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लवलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ । यो व्यवस्था सालबसाली ऐनमा उल्लेख भएबमोजिमको दरमा लाग्ने राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिनुभयो । ‘हामीले १५ दिनको समय दिएर पत्र पठाएका छौँ । यस अवधिमा कर तिर्नु भएन भने काठमाडौँ महानगरपालिका आर्थिक ऐनको दफा २१ बमोजिम कारवाही हुनेछ ।’ काफ्लेले भन्नुभयो, ‘यसमा आपतकालीनबाहेकका सेवा सुविधा बन्द गर्ने, व्यवसाय बन्द गर्ने र सरकारी बाँकी सरह असुल गर्नेसम्मका व्यवस्था छन् ।’

पत्राचार गरिएका क्लब, दोहोरी तथा बारहरु
जे. पी. रोडको रिफ्रेस डान्सबार, क्षेत्रपाटीको नटराज डान्स बार, पकनाजोलको आर. के. डान्स बार, फायर चोककोकारटार क्लब, ड्रिडक होस्टन डान्स बार, होनि वी डान्स बार, नरसिंह चोकको स्कुटी क्लब, ओलो क्लब, डेला सोलबार, नमस्ते पप बार, द क्लब हाउस, घामछायाँ रोधी क्लव, बेबो डान्स बार, टाकिला डान्स बार, क्वीनमहल डान्स बार, बज्र डान्स बार, सञ्चयकोष चोकको ओमनिया क्लब, भीआइपी क्लब, नसा डान्स बार, मिड नाईट डान्स बार, ज्याठाको चाहाना डान्स बार, अमृत मार्गको ड्रागन डान्स बार छन् । यस्तै ठमेल क्षेत्रका एलओडी क्लब, क्लाइमेट क्लब, पोताला क्लब, टेनएक्स क्लब, फुलमुन क्लब, सफर क्लब, कराओके, टप राजधानी दोहोरी, मुजुरा डान्स बार, ठमेल डान्स बार, डान्सिङ् याक बार, वियर बार डान्स बार, भगवती मार्गको रोज डान्स बार, स्काई डान्स बार, चाक्सीबारी मार्गको अमिर डान्स बार छन् ।

गल्कोपाखाका गुन्यू चोली दोहोरी, अल्फबिटा बारलाई पत्र पठाइएको छ । ठमेल क्षेत्र लक्षित मनोरञ्जनात्मक व्यवसाय गर्ने साम्स बार, दुनियाँ बार, टिफिने बार, एच ट्वान्टी बार क्लब छन् । यी मनोरञ्जन स्थलमा प्रवेश गर्ने प्रति टिकट ५ प्रतिशत मनोरञ्जन कर लाग्छ । राजस्व अधिकृत सोना शर्मा भन्नुहुन्छ, टिकट नलाग्ने ठाउँमा कसरी कर लिने हामीले प्रदेश सरकारलाई सोधेका छौँ । यो कर प्रदेश सरकार र स्थानीय सरकारको साझा अधिकार क्षेत्रमा रहेको कर शीर्षक हो ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?