Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

दुई सय दश अस्थायी आवास भूकम्प पीडितलाई हस्तान्तरण


काठमाडौं। गत कात्तिक १७ गते गएको भूकम्पबाट पीडित भएकाहरूका लागि निर्माण गरिएका अस्थायी आवास पालिकामार्फत हस्तान्तरण गरिएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट-१ रामीडाँडाका पीडितका लागि निर्माण गरिएका अस्थायी आवास एक कार्यक्रमबीच गाउँपालिकामार्फत सम्बन्धित प्रभावितलाई हस्तान्तरण गरिएको हो ।

त्यस्तै, कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल) ले दुई सय दश अस्थायी आवासको काम सकेपछि पालिकामा अस्थायी आवास हस्तान्तरणको कार्यक्रम आयोजना गरी भूकम्प पीडितलाई बस्न लगाइएको हो भने किर्डाक नेपालले आवास, प्राविधिक सहयोग र भूकम्प प्रभावितलाई प्रदान गरिएको न्यानो कपडा गरेर दुई करोड बजेट खर्च गरेको छ ।

किर्डाकसँगै एचआई र पिनको संयुक्त लगानीमा बारेकोट गाउँपालिका–१ रामीडाँडाका विभिन्न बस्तीसँगै वडा ५ को तोलखान बस्तीमा अस्थायी आवासको काम गरेको थियो ।

त्यस्तै, वडाअन्तर्गत बयालाका ४२, सिनाकोटका २९ वटा, दलित आगरका ५५, माथि आगरका ४२ र वडा ५ तोलखानका ३२ घर गरेर दुई सय दश अस्थायी आवास निर्माणको काम सकेर पालिकामार्फत पीडितलाई बुझाइएको किर्डाक नेपालले जनाएको छ ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?