Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

दुई सय दश अस्थायी आवास भूकम्प पीडितलाई हस्तान्तरण


काठमाडौं। गत कात्तिक १७ गते गएको भूकम्पबाट पीडित भएकाहरूका लागि निर्माण गरिएका अस्थायी आवास पालिकामार्फत हस्तान्तरण गरिएको छ । भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट-१ रामीडाँडाका पीडितका लागि निर्माण गरिएका अस्थायी आवास एक कार्यक्रमबीच गाउँपालिकामार्फत सम्बन्धित प्रभावितलाई हस्तान्तरण गरिएको हो ।

त्यस्तै, कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल) ले दुई सय दश अस्थायी आवासको काम सकेपछि पालिकामा अस्थायी आवास हस्तान्तरणको कार्यक्रम आयोजना गरी भूकम्प पीडितलाई बस्न लगाइएको हो भने किर्डाक नेपालले आवास, प्राविधिक सहयोग र भूकम्प प्रभावितलाई प्रदान गरिएको न्यानो कपडा गरेर दुई करोड बजेट खर्च गरेको छ ।

किर्डाकसँगै एचआई र पिनको संयुक्त लगानीमा बारेकोट गाउँपालिका–१ रामीडाँडाका विभिन्न बस्तीसँगै वडा ५ को तोलखान बस्तीमा अस्थायी आवासको काम गरेको थियो ।

त्यस्तै, वडाअन्तर्गत बयालाका ४२, सिनाकोटका २९ वटा, दलित आगरका ५५, माथि आगरका ४२ र वडा ५ तोलखानका ३२ घर गरेर दुई सय दश अस्थायी आवास निर्माणको काम सकेर पालिकामार्फत पीडितलाई बुझाइएको किर्डाक नेपालले जनाएको छ ।


प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?