१० चैत्र, सिरहा । सिरहामा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मुत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । गोलबजार नगरपालिका–८ स्थित सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पश्चिम बङ्गाल राज्यकी महिमा वीवीको आज बिहान मृत्यु भएको हो । इँटाभट्टामा पोलेको इँटा निकाल्ने क्रममा भट्टिको पर्खाल भत्किएर किच्दा घाइते भएकी
१० चैत्र, काठमाडाैँ । सर्वसाधारणका लागि रानीपोखरी खुल्ला गरिएको छ । पुनर्निर्माणपछि पहिलो पटक सर्वसाधारणका लागि रानीपोखरी खुल्ला गरिएको हो। महानगर प्रहरीले सरसफाइ गरेर बुधबारबाट सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारीका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा भूकम्पले क्षति पुर्याएको रानीपोखरीलाई पुरानै स्वरुपमा
१० चैत्र, मुगु। मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो । पछिल्लो समय नेपालको
१० चैत्र, बाँके । बाँकेको विभिन्न १२ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन शुरू भएको छ । तीमध्ये पनि ११ सामुदायिक वनमा पुराना र बुढा रुखको कटान र नयाँ रुखको संरक्षण हुने गरी काम शुरू भएको छ । जिल्ला वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार स्थानीय रुपमा रोजगारी सिर्जना
१० चैत्र ,लुम्बिनी । बुटवल उपमहानगरपालिकाले नापजाँच बाँकी रहेका लालपुर्जाविहीन जग्गाको सर्भे सुरु गरेको छ । राष्ट्रिय भूमि आयोगबाट पास भएका ब्लकमा बुटवल उपमहानगरपालिकाले डीजीपीएस सर्भे थालेको हो । बुटवल–११ सिर्जनानगरमा सर्भेको सुरुआत गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले लालपुर्जा प्राप्तिका लागि उपमहानगरपालिकाले भूमि आयोगसँग निरन्तर सहकार्य गरिरहेकाले बाँकी रहेका
९ चैत्र, काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने दुई जनालाई १२ हजार जरिवाना गरेको छ । महानगरले चैत ९ गते कालिमाटी क्षेत्रमा सिपचन्द्र मण्डल र महानगरको ९ नम्बर वडामा सानोकान्छा भारतीलाई फोहोर गरेको भन्दै जरिवाना तिराएको हो । मण्डललाई महानगरले २ हजार र भारतीलाई १० हजार जरिवाना तिराएको छ
९ चैत्र, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१० रग्दा र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ स्यालाखदी जोडने भेरी नदीको पुल सात वर्षसम्म निर्माण सम्पन्न नभएपछि सडक डिभिजन कार्यालय चौरजहारीले ठेक्का तोड्ने चेतावनी दिएको छ। काठमाडौंको बसुन्धारास्थित मृत सञ्जीवनी ग्याल्वा जेभीले विसं २०७७ पुस १३ मा निर्माण सम्पन्न गर्ने गरी २०७३ असार ३१
९ चैत्र, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गतका सडक कालापत्रे गर्दा ‘अस्फाल्ट’ प्रविधि अपनाइएको छ । उपमहानगरका भित्री तथा बाइपास सडकमा उक्त प्रविधि प्रयोग गरी कालोपत्र गरिएको वडा नं १८ का वडाध्यक्ष दीपक वर्माले जानकारी दिए । “अस्फाल्ट प्रविधि गरी कालोपत्रे सुरु गरिएकोमा केही ठाउँमा काम सकिएको छ, केही ठाउँमा काम अझै
९ चैत्र, पोखरा । राष्ट्रपति चुनावमा पुरानै गठबन्धन ब्युँतिएपछि गण्डकी प्रदेशमा पनि सत्ता समीकरण फेरिने सङ्केत देखिएको छ । गठबन्धनमा सामेल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार बनाउन आन्तरिक कसरत थालेका छन् । केन्द्रीय समीकरणमा आएको फेरबदलसँगै प्रदेश सरकार पनि फेरिने स्थिति बनेको हो । अहिले गण्डकी प्रदेशको
९ चैत्र, काठमाडाैँ । काठमाडाैँ महानगरले काठमाडौं प्लाजा (भवन) भाडामा लिएको छ । कमलादीमा रहेको उक्त भवन महानगरले १० वर्षका लागि भाडामा लिएको हो । बुधबार ट्रस्ट र महानगरपालिकाले यससम्बन्धि सम्झाैतापत्रमा हस्ताक्षर गरेका छन् । महानगरले उक्त भवनको मासिक ६० लाख ५० हजार भाडा दिने गरी सम्झौता गरेको छ । यो