Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

काठमाडाैँ महानगरले भाडामा लियो काठमाडौं प्लाजा, मासिक भाडा ६० लाख ५० हजार


९ चैत्र, काठमाडाैँ । काठमाडाैँ महानगरले काठमाडौं प्लाजा (भवन) भाडामा लिएको छ । कमलादीमा रहेको उक्त भवन महानगरले १० वर्षका लागि भाडामा लिएको हो ।

बुधबार ट्रस्ट र महानगरपालिकाले यससम्बन्धि सम्झाैतापत्रमा हस्ताक्षर गरेका छन् ।

महानगरले उक्त भवनको मासिक ६० लाख ५० हजार भाडा दिने गरी सम्झौता गरेको छ । यो सम्झाैता आजैबाट लागु हुने तथा पाँच वर्षपछि भाडा १० प्रतिशत वृद्धि हुने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

महानगरका सबै कार्यालय एकै ठाउँमा राखेर सेवा प्रवाह प्रभावकारी बनाउन महानगरले उक्त भवन भाडामा लिएको बताएको छ । महानगरले उक्त भवन भाडामा दिन नपाउने गरी सम्झाैता भएको छ ।

मुद्दामामिलाका कारण काठमाडौं प्लाजा झन्डै तीन वर्षदेखि खाली रहेको थियो । यस अवधिमा  ट्रस्टले करोडौँ भाडा गुमाइसकेको छ ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?