Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मुत्यु


१० चैत्र, सिरहा । सिरहामा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मुत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् ।

गोलबजार नगरपालिका–८ स्थित सगुन इँटा उद्योगको पर्खालले किच्दा भारतको पश्चिम बङ्गाल राज्यकी महिमा वीवीको आज बिहान मृत्यु भएको हो । इँटाभट्टामा पोलेको इँटा निकाल्ने क्रममा भट्टिको पर्खाल भत्किएर किच्दा घाइते भएकी उनको उपचारका लागि लहान लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । घाइते ३५ वर्षीया बवी वीवी र ४० वर्षीया ममता वीवीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इँटाभट्टामा काम गर्ने मजदुरलाई सामान्य सुरक्षाको समेत व्यवस्था नमिलाउँदा पटकपटक दुर्घटनामा परी मजदुरको अङ्गभङ्ग हुने र ज्यानै समेत जाने गरेको छ ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?