Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

महानगरले फोहोरमैला गरेको भन्दै दुई जनालाई तिरायो १२ हजार


९ चैत्र, काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने दुई जनालाई १२ हजार जरिवाना गरेको छ । महानगरले चैत ९ गते कालिमाटी क्षेत्रमा सिपचन्द्र मण्डल र महानगरको ९ नम्बर वडामा सानोकान्छा भारतीलाई फोहोर गरेको भन्दै जरिवाना तिराएको हो ।

मण्डललाई महानगरले २ हजार र भारतीलाई १० हजार जरिवाना तिराएको छ ।

काठमाडौं महानगरपालिकाले सानोकान्छा भारतीलाई घर निर्माण गर्दा उत्पादीत फोहोर मैला सडकमा फालेको भन्दै १० हजार जरिवाना गरेको हो । महानगरपालिकाअन्तर्गतको नगर कार्यपालिका कार्यालयले उनलाई १० हजार जरिवाना गरेको हो ।

महानगरले पछिल्लो समय सडक पेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम गरिरहेको छ । पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै महानगरले पछिल्लो समय यस्ता सामग्री हटाउने काम पनि गरिरहेको छ ।

भारतीले महानगरपालिकाको ९ नम्बर वटामा फुटपाथमा घर निर्माण गर्दा उत्पादीत फोहोर राखेका थिए । सोही कारणले उनलाई महानगरले जरिवाना गरेको हो ।

त्यस्तै, मण्डलले सार्वजनिक स्थानमा फोहोर फालेका कारण उनलाई २ हजार रुपैयाँ जरिवाना गराइएको हो ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?