Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

महानगरले फोहोरमैला गरेको भन्दै दुई जनालाई तिरायो १२ हजार


९ चैत्र, काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्ने दुई जनालाई १२ हजार जरिवाना गरेको छ । महानगरले चैत ९ गते कालिमाटी क्षेत्रमा सिपचन्द्र मण्डल र महानगरको ९ नम्बर वडामा सानोकान्छा भारतीलाई फोहोर गरेको भन्दै जरिवाना तिराएको हो ।

मण्डललाई महानगरले २ हजार र भारतीलाई १० हजार जरिवाना तिराएको छ ।

काठमाडौं महानगरपालिकाले सानोकान्छा भारतीलाई घर निर्माण गर्दा उत्पादीत फोहोर मैला सडकमा फालेको भन्दै १० हजार जरिवाना गरेको हो । महानगरपालिकाअन्तर्गतको नगर कार्यपालिका कार्यालयले उनलाई १० हजार जरिवाना गरेको हो ।

महानगरले पछिल्लो समय सडक पेटी तथा फुटपाथमा निर्माण सामग्री हटाउने काम गरिरहेको छ । पैदलयात्री हिँड्ने सडकपेटीमा निर्माण सामग्री राखिएको भन्दै महानगरले पछिल्लो समय यस्ता सामग्री हटाउने काम पनि गरिरहेको छ ।

भारतीले महानगरपालिकाको ९ नम्बर वटामा फुटपाथमा घर निर्माण गर्दा उत्पादीत फोहोर राखेका थिए । सोही कारणले उनलाई महानगरले जरिवाना गरेको हो ।

त्यस्तै, मण्डलले सार्वजनिक स्थानमा फोहोर फालेका कारण उनलाई २ हजार रुपैयाँ जरिवाना गराइएको हो ।


प्रकाशित मिति: ९ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?