Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बाँकेका सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन


१० चैत्र, बाँके । बाँकेको विभिन्न १२ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन शुरू भएको छ । तीमध्ये पनि ११ सामुदायिक वनमा पुराना र बुढा रुखको कटान र नयाँ रुखको संरक्षण हुने गरी काम शुरू भएको छ ।

जिल्ला वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार स्थानीय रुपमा रोजगारी सिर्जना गर्ने, वनको उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य छ । वैज्ञानिक वन व्यवस्थापन शुरू भएको वनमा स्थानीय उपभोक्ताले पुराना रुख कटानको काम गरिने छ ।

वन व्यवस्थाबाट दाउरा सहज उपलब्ध हुने, स्थानीय वन पैदावरको संरक्षण हुने र वनको स्वच्छ र हराभरा हुने विश्वास लिएको उल्लेख गर्दै सहायक वन अधिकृत खड्काले वन व्यस्थापनबाट नयाँ वनको परिकल्पना गरिएको बताए । विक्रम संवत् २०७३ सालमा बाँकेका १७ सामुदायिक वनमा लागू भएको वैज्ञानिक वन व्यवस्थापन अहिले १२ सामुदायिक वनमा मात्र लागू भएको छ ।

वन व्वस्थापनमा कुन सामुदायिक वनमा कति रुख कटान गर्ने भन्ने निश्चित गरेर कटानको काम शुरू भएको छ । जय दुर्गा भवानी सामुदायिक वनमा ३७४ रुख कटान हुने र १५ हजार ४२७ दशमलव ६ क्युफिट काठ र ४५ दशमलव ७८, कोटहीदेवी सामुदायिक वन उपभोक्ता समितिमा ३२५ रुख कटान हुने र १५ हजार ६९२ दशमलव ३२ काठ र ४९ दशमलव ९९ क्युफिट काठको व्यवस्थापन हुनेछ ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?