Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

सरकार परिवर्तनको सम्भावना नै छैनः कांग्रेस


 काठमाडाैं । सत्तारुढ दल नेपाली काँग्रेसले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा नेपाली काँग्रेसको नभएको स्पष्ट पारेको छ । केही दिनअघि प्रतिनिधि सभाको बैठकमा काँग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा राख्नुभएको थियो । तर काँग्रेसको मंगलवार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रमुख सचेतक घिमिरेले संसदमा यौन व्यवसाय खुला गर्नुपर्ने कुरा उहाँको नितान्त भएको र पार्टीको आधिकारिक धारणा नभएको बताउनु भयो । पार्टीले यसबारेमा कुनै धारणा नबनाएको भन्दै पार्टी पंक्ति र जनमानस दुविधामा नपर्न आग्रह गर्नुभयो । त्यस किसिमको धारणा नराख्न निर्देशन दिइएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एउटा विषय बाहिर हाम्रो प्रमुख सचेतकजीले संसदमा बोलेको कुराको टिकाटिप्पणी भइरहेको छ । त्यो नेपाली काँग्रेस पार्टीको आधिकारिक धारणा होइन । त्यस्तो निर्णय नेपाली काँग्रेस पार्टीले लिएको छैन । अहिले कुनै लिने अवस्था पनि छैन । त्यस्तो दृष्टिकोण बनाएको छैन । पार्टी पंक्ति र जनमानस दुविधामा नपरे हुन्छ । प्रमुख सचेतकजीले संसदमा यौन व्यवसायलाई खुला गर्नुपर्छ भन्ने बोल्नुभयो । त्यो उहाँको नितान्त व्यक्तिगत हो । त्यसको खालको धारणा नराख्न भनेका छौँ ।’

बैठकमा राजावादीहरुको प्रदर्शनको बारेमा पनि छलफल भएको प्रवक्ता महतले बताउनु भयो । सरकार परिवर्तनको कुरा नभएको र सर्वदलीय सरकारको चर्चा नभएको पनि जिकिर गर्नुभयो । सरकारले अझ प्रभावकारी रुपमा काम गर्नुपर्ने बताउनु भयो । जनअपेक्षा धेरै रहेको तर सरकारको काम गर्ने क्षमता सिमित रहेको र क्षमताले भ्याएसम्म काम गर्नुपर्ने बताउनु भयो । सरकारमा बस्नेहरुले कुनैपनि नागरिकले प्रश्न गर्ने ठाउँ दिनु नहुने बताउनु भयो ।


प्रकाशित मिति: ५ चैत्र २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?