Trending
>>   इजरायली आक्रमणबाट ३१ जनाको मृत्यु >>   सार्वजनिक यातायात बन्दसँगै नागरिकको दैनिक जनजीवन प्रभावित >>   रसको प्रशिक्षणमा अभ्यस्त हुन थाल्यौं किरण चेम्जोङ >>   आज मिति २०८२ साल जेठ १९ गते सोमबार,हेर्नूहोस् आजको राशिफल >>   अब बामे सरेर हुदैन, ‘रकेट’को चालले विकास गर्छौंः प्रधानमन्त्री >>   नेता/कार्यकर्तालाई प्रचण्डको निर्देशनः इँटको जवाफ पत्थरले दिनूस्, केही परे हामी छौँ >>   यो सरकारको हैसियत छैन, काठमाडौं कब्जा गर्ने गफले एमालेलाई लाजमर्नु बनाएको छः अध्यक्ष दाहाल >>   अध्यक्ष दाहालको आरोपः बलात्कारी र हत्यारा राजाहरु नै हुन् >>   राजावादीले फैलाउन खोजेको भ्रमबारे जनतालाई बुझाउनुपर्ने समय आयोः अध्यक्ष दाहाल >>   शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न अध्यक्ष लिङदेनको चेतावनी
Logo
१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार

किन जलाउन थालियाे प्रचण्डको फाेटाे?


काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको कार्यक्रममा नेकपा (माअ‍ोवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्विर जलाइएको छ । हेटौंडा उपमहानगरपालिकामा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको कार्यक्रममा सदस्य सचिव निराजन बमले प्रचण्डको तस्विर जलाएका हुन् ।

प्रचण्डको तस्विर जलाइएको सो कार्यक्रममा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंह पनि सहभागी थिए । कार्यक्रमका फोटोहरु सामाजिक सञ्जालमा शेयर गर्दै बमले भनेका छन्, ‘प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेको र हाम्रो राजालाई अनावश्यक रुपमा आरोपप्रत्यारोप लगाएर वातावरण प्रदुषण गर्न खोजेकोले आज मञ्चबाटै प्रचण्डलाई १७ हजार मान्छे मारेको बिर्सिनु भएको छैन होलानी भनेर सन्देश दिइएको छु। मूर्ति चोर हुम्लाका लामालाई मन्त्री र माननीय बनाएको बिर्सिनुभयो ।’

प्रचण्डले हिजो सिन्धुपाल्चोकमा आयोजित पार्टीको एक कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्रलाई वंश नास गर्ने ‘भाइमारा’, मूर्तिचोर र सुन तस्करीका नाइकेको संज्ञा दिएका थिए । प्रचण्डको सो अभिव्यक्तिलाई लिएर राप्रपाका नेता तथा कार्यकर्ताहरुले विरोध गरिरहेका छन् ।


प्रकाशित मिति: २ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?