Trending
>>   पार्टी कार्यालयमै नक्कली पीडित खडा गरेर मेरा विरुद्ध जाहेरी लेख्ने काम गरियोः गृहमन्त्री लेखक >>   प्रतिनिधि सभामा पढेर सुनाइयो माधव नेपाल सांसदबाट निलम्वन भएका सूचना >>   भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, हुनै सक्दैनः गृहमन्त्री लेखक >>   जनताको समस्या समाधानका लागि सहमति गरयौंः प्रमुख सचेतक पाण्डे >>   भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीको नेतृत्व गृह मन्त्रालयले गरेको छः सांसद झा >>   लुटतन्त्रको रक्षाका लागि सरकार र माओवादी मिलेः राजेन्द्र लिङदेन >>   भिजिट भिसा प्रकरणः माओवादीले गरेन संसद अवरोध, रास्वपा र राप्रपाको विरोध कायमै >>   कृषि क्षेत्रको आधुनिकीकरणको परिकल्पनासहित काम भइरहेको छः कृषिमन्त्री अधिकारी >>   घुस खाएको प्रमाणित गरेर देखाउन अध्यक्ष नेपालको चुनौति >>   टेक एण्ड पे प्रावधान सच्याइनेछः मन्त्री खड्का
Logo
३० जेष्ठ २०८२, शुक्रबार
३० जेष्ठ २०८२, शुक्रबार

राजावादीले फैलाउन खोजेको भ्रमबारे जनतालाई बुझाउनुपर्ने समय आयोः अध्यक्ष दाहाल


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजावादीले फैलाउन खोजेको भ्रम र जालझेलबारे जनतालाई बुझाउनुपर्ने समय आएको बताएका छन् ।

आईतवार योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिगमनकारीहरुले अहिले राजाका बारेमा तर्क गर्न थालेकाले तदारुकताका साथ प्रतिवाद गर्नुपर्ने बताएका हुन् । उनले प्रतिगमनविरुद्ध संस्थागत पहल नहुँदा छाडा हुन थालेको भन्दै नारायणहिटी हत्याकाण्ड, नविता, विनिता बलात्कार र हत्या, मूर्ति चोरेर विदेश पुर्याउने को हुन् भनेर जनतालाई बुझाउनुपर्ने समय आएको स्पष्ट पारे । यथास्थितिवाद र प्रतिगमनकाविरुद्ध वैचारिक रुपले गाउँगाउँ, टोलटोल र घरघरमा पुर्याउनुपर्ने समय आएको अध्यक्ष दाहालको भनाई थियो । उनले संविधानको अपनत्व र स्वामित्व रक्षाका लागि उभिनेसँग भोलिका दिनमा तालमेल हुनसक्ने स्पष्ट पारे ।

उनले भने, ‘हरेक पटक वाइसिएल नेपालका भेला वा सम्मेलनमा उपस्थित हुँदै गर्दा उर्जा, भरोशा र आशा जाग्ने गर्दछ । आजपनि हामीलाई उर्जा प्रदान गरेको छ । वाइसिएल नेपाललाई हामीले सहायक संगठटनको रुपमा व्याख्या गर्नुभयो । यो अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा स्थापित भएको मान्यता मात्र हो । सहायक संगठन मात्र होइन, यसलाई कम्युनिष्ट पार्टीको उत्तराधिकारीहरुको संगठन पनि भनेर चिन्नुपर्छ । कम्युनिष्ट नेताहरु तयार पार्ने कारखानाको रुपमा पनि वाइसिएललाई चिनिन्छ । सहायक संगठनमात्र हैनौं नेता बन्ने तयारीमा छौं भनेर बुझ्नु नै वाइसिएलको भुमिका र जिम्मेवारीलाई आत्मसात गर्न आग्रह गर्न चाहन्छु । मैले २०३८ सालमा भएको युवाहरुको भेलाबाट नेतृत्वमा आएदेखि जे बुझे, जे भोगे, त्यसको नेतृत्व हुँदै पार्टी नेतृत्वमा जाने उपक्रम म आफैंले भोगेको छु । त्यसबाट हेर्दा पनि पार्टीका आउँदा दिनका नेताका रुपमा बुझ्छु । तपाईहरु सबैले आफुलाई नेता बन्नेबाटोमा अगाडि सार्नुहुनेछ भनेर अनुरोध गर्न चाहन्छु । मैले भन्ने दुई तिनवटा कुरा थोरै विचारका कुरा हामीले विचार र राजनीति यान्त्रिक हुँदैन । देशकाल परिस्थितिअनुसार वर्ग संघर्ष, राजनीतिक संघर्ष हुँदै जान्छ । हामीले हिजो जनयुद्धको तयारी गर्दा या अगाडि बढ्दै गर्दा होस् । जनआन्दोलनपछिका घटनाक्रममा होस् । हामीले हिजो भनेको भन्दा अलि नौलो तरिकाले क्रान्ति अघि बढ्यो । तर, माक्र्सवादले भनेकोजस्तै, या लेनिनले प्रत्येक देशमा क्रान्ति आआफ्नै ढंगले हुन्छ । क्रान्ति कुनै नक्कलअनुसार हुँदैन । विकासको प्रकृतिअनुसार नै क्रान्तिले आफ्नो बाटो बनाउँदै लान्छ । क्रान्ति एउटा सही विचार र नीतिको आधारमा जनताले गर्ने महान जनकार्य हो । हाम्रो देशमा नयाँ जनवादी क्रान्ति हामीले सोचेजस्तो भएन । तर, पुँजीवादी जनवादी क्रान्ति सफल भएन । निरंकुश तन्त्रको अन्त्यसँगै जो परम्परागत संसदीय व्यवस्था होइन । यथास्थितिवादीले के भनेका छन् भने संघीय लोकतान्त्रिक व्यवस्थापनि संसदीय व्यवस्था जस्तै हो भनेर व्याख्या गर्ने कोसिस गरिरहेका छन् । यो सर्वहारा वर्गको नेतृत्वमा, मूल रुपमा कम्युनिष्ट पार्टीको भूमिकामा समानुपातिक, समावेशी व्यवस्था हो । र, यथास्थितिबादीले प्रतिक्रियावादीहरुले यसलाई विसुद्ध संसदीय व्यवस्थाको रुपमा अघि बढाउने अभ्यास गरिरहेकोले यस बारेमा अहिले प्रतिवाद गर्नु जरुरी छ । मौलिक अधिकारको रुपमा अन्य जे जस्ता अधिकारको व्यवस्था गरिएको छ । त्यो परम्परागत संसदीय व्यवस्थामा कहिँ कतै समेटिएको छैन । र, यो हामीले सोचेजस्तो नौलो जनवादी व्यवस्था पनि हैन । संक्रमणकालिन संघीय गणतान्त्रिक व्यवस्था रहेको छ । हामी अहिले राम्रोसँग विवेक पुराउन सकियो भने देश एउटा युगान्तकारी युगमा पुग्ने नै भयो र त्यसको जिम्मेवारी हामी क्रान्तिकारीहरुले लिनुनै पर्ने भयो । चुनवाङ बैठकपछि त्यतिबेलाका पार्टीहरुसँग हाम्रा वार्ताहरु भए समावेशी प्रतिनिधित्वका लागि भएका बहसपछि त्यसैका आधारमा शान्तिसम्झौता भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्र संसदवादी पार्टीहरुसँग मिलेरमात्र आउँछ । माओवादी एक्लैले काठमाडौं कब्जा गरेर मात्र आउँदैन, त्यसैले अलिकति घुम्तिबाटोमा जानु छ भनेर नै हामी त्यो बाटोबाट जानुपर्छ भनेका हौं । आज हामीले यथास्थितिबाद र प्रतिगमनका विरुद्ध संघर्ष गर्नुपरिरहेको छ । राजनीतिक संघर्षको पनि निकै पेचिलो र जटिल अवस्थाबाट नेपाली समाज गुज्रिदैछ । यकातिर यथास्थितिवादविरुद्ध लड्नुपरेको छ भने अर्कोतिर प्रतिगमनविरुद्ध लड्नुपर्ने अवस्था छ । हामीले यो संविधानमा हाम्रो अपनत्व, स्वामित्वको रक्षाका लागि उभिनेसँग आगामी दिनमा तालमेलपनि हुनसक्छ । गणतन्त्र संरक्षण गरिदिएको भरमा भ्रष्टाचारलाई संरक्षण गर्ने, सुशासन दिन नसक्ने सरकारको कामकारबाही कुनै हालतमा स्वीकार्य हुनसक्दैन । एकतातिर यथास्थितिवादी धार जो अहिलेको सरकारमा रहेकाहरुले गरिरहेका छन् भने त्यसकाविरुद्ध बलियो जवाफ दिँदै आएका छौं र आगामी दिनेनै छौं । भ्रष्टाचारविरोधी अभियान, सामाजिक न्यायको अभियान, हामीले सुरु गरेको अन्तर्राष्ट्रिय सम्बन्ध सुधार्ने अभियानमा यथास्थितिवादी र प्रतिगमनकारीले भ्रम फैलाउने काम गरिरहेको छ । यथास्थितिवाद र प्रतिगमनका विरुद्ध बैचारिक क्षेत्र र गाउँ गाउँ, टोल टोल र घरघरमा पुराउनुपर्ने समय आएको छ । अहिले जसरी प्रतिगमनकारीहरुले राजाको बारेमा तर्क गर्न थालेका छन् । तर, तदारुकताकासाथ प्रतिवाद गर्ने विषयमा संस्थागत पहल नगर्दा छाडा हुन थालेका हुन् कि भन्ने परेको छ । हिजो २५० वर्षसम्म शासन गरेर के दियो । नारायणहिटी हत्याकाण्ड के हो ? भन्ने कुरा भन्न छाडेका थियौं । तर, राजा भनेका हत्यारा र बलात्कारी हुन् । मुर्ती चोरेर विदेश पुराउनेपनि यिनै हुन् । तस्करहरु को हुन् ? नारायणहिटी दरबार हत्याकाण्डका नाइके को हुन् ? भनेर जनतालाई अब बुझाउने समय आएको छ । विकासका विषयमा पनि तथ्यसहित जनतालाई बुझाउनुपर्ने समय भयो । त्यसैले राजावादीले फैलाउन खोजेका भ्रम र जालझेलबारे जनतालाई बुझाउनैपर्ने भएको छ ।’

अध्यक्ष दाहालले माओवादीविरुद्ध यथास्थितिवादी र प्रतिगमनकारीले भ्रम फैलाउने काम गरिरहेको आरोपसमेतलगाएका छन् ।


प्रकाशित मिति: १८ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?