Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

इजरायली आक्रमणबाट ३१ जनाको मृत्यु


काठमाडौँ। प्यालेस्टिनी स्रोतहरूकाअनुसार दक्षिण गाजामा मानवीय सहायता केन्द्र नजिकै इजरायली आक्रमणबाट आईतवार कम्तिमा ३१ जना प्यालेस्टिनीको मृत्यु भएको छ । गाजामा आधारित स्वास्थ्य प्राधिकरणले दक्षिण गाजाको रफाहमा मानवीय सहायता वितरण बिन्दु नजिकै बिहान इजरायली सेनाले आक्रमण गर्दा कम्तिमा ३१ जनाको मृत्यु भएको र दर्जनौं गम्भीर घाइते भएको बताएको छ ।

गाजामा रहेको स्वास्थ्य प्राधिकरणले एक विज्ञप्तिमा भनेको छ कि धेरैजसो चोटपटक शरीरको माथिल्लो भागमा लागेको छ । घाउको गम्भीरताका कारण मृत्यु हुनेको संख्या बढ्न सक्छ । गाजामा रहेको चिकित्सा राहत संगठनका निर्देशक मोहम्मद अबु अफाशले इजरायली सैन्य गतिविधिका कारण एम्बुलेन्सहरू घटनास्थलमा पुग्न कठिनाइ भइरहेको बताए ।

यस घटनालाई इजरायलले सहायता वितरण स्थलहरूलाई बारम्बार लक्षित गर्ने ढाँचाको अंश भन्दै हमासद्वारा सञ्चालित गाजा सरकारी मिडिया कार्यालयले एक प्रेस विज्ञप्तिमा उक्त क्षेत्र अमेरिकी इजरायली कम्पनीसँगको समन्वयमा र इजरायली सेनाको निगरानीमा सञ्चालन भइरहेको बताएको छ । हमाससँग दुई महिनाको युद्धविराम पछि इजरायलले मार्च १८ मा गाजामा आफ्नो आक्रमण पुनः शुरु गरेको थियो । त्यसबेलादेखि ४ हजार १ सय ४९ प्यालेस्टिनीहरू मारिएका छन् । १२ हजार १ सय ४९ घाइते भएका छन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?