Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

इजरायली आक्रमणबाट ३१ जनाको मृत्यु


काठमाडौँ। प्यालेस्टिनी स्रोतहरूकाअनुसार दक्षिण गाजामा मानवीय सहायता केन्द्र नजिकै इजरायली आक्रमणबाट आईतवार कम्तिमा ३१ जना प्यालेस्टिनीको मृत्यु भएको छ । गाजामा आधारित स्वास्थ्य प्राधिकरणले दक्षिण गाजाको रफाहमा मानवीय सहायता वितरण बिन्दु नजिकै बिहान इजरायली सेनाले आक्रमण गर्दा कम्तिमा ३१ जनाको मृत्यु भएको र दर्जनौं गम्भीर घाइते भएको बताएको छ ।

गाजामा रहेको स्वास्थ्य प्राधिकरणले एक विज्ञप्तिमा भनेको छ कि धेरैजसो चोटपटक शरीरको माथिल्लो भागमा लागेको छ । घाउको गम्भीरताका कारण मृत्यु हुनेको संख्या बढ्न सक्छ । गाजामा रहेको चिकित्सा राहत संगठनका निर्देशक मोहम्मद अबु अफाशले इजरायली सैन्य गतिविधिका कारण एम्बुलेन्सहरू घटनास्थलमा पुग्न कठिनाइ भइरहेको बताए ।

यस घटनालाई इजरायलले सहायता वितरण स्थलहरूलाई बारम्बार लक्षित गर्ने ढाँचाको अंश भन्दै हमासद्वारा सञ्चालित गाजा सरकारी मिडिया कार्यालयले एक प्रेस विज्ञप्तिमा उक्त क्षेत्र अमेरिकी इजरायली कम्पनीसँगको समन्वयमा र इजरायली सेनाको निगरानीमा सञ्चालन भइरहेको बताएको छ । हमाससँग दुई महिनाको युद्धविराम पछि इजरायलले मार्च १८ मा गाजामा आफ्नो आक्रमण पुनः शुरु गरेको थियो । त्यसबेलादेखि ४ हजार १ सय ४९ प्यालेस्टिनीहरू मारिएका छन् । १२ हजार १ सय ४९ घाइते भएका छन् ।


प्रकाशित मिति: १९ जेष्ठ २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?