Trending
>>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

अध्यक्ष दाहालको आरोपः बलात्कारी र हत्यारा राजाहरु नै हुन्


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजाहरु नै बलात्कारी र हत्यारा भएको आरोप लगाएका छन् ।

योङ कम्युनिष्ट लिगको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले राजाहरु नै बलात्कारी र हत्यारा भएको आरोप लगाएका हुन् । उनले नारायणहिटी दरबार हत्यकाण्ड के हो भन्नेकुरा सबैलाई स्पष्ट रहेको बताए । नमिता, सुनिताको बलात्कार गरेर हत्या गर्ने राजा र राजाका भाइहरु नै भएको आरोप उनको छ । राजाहरुले नै मूर्ति चोरेर विदेशमा पूर्याउने गरेको आरोप लगाउँदै तस्करका नायिकेहरु तत्कालीन समयका राजा नै भएको बताए ।

अध्यक्ष दाहालले भने, ‘जनताको मन मस्तिष्कमा त छ, नारायणहिटी दरबार हत्यकाण्ड के हो भन्नेकुरा । तर हामीले अलि राम्रोसँग भन्न छोडेका छौँ अहिले । अनि एकथरी नयाँ युवाहरुलाई विचरा थाहा छैन । उनीहरुलाई भर्खर शान्ति सम्भतापछि जन्मिएर अब उमेर पुगेका, भोट हाल्ने भएका युवाहरुलाई त राजाले के गर्यो, नमिता, सुनिता हत्याकाण्ड बलात्कार गरेर राजाका भाईहरु र राजाहरुले नै गरेको भन्नेकुरा उनीहरुलाई थाहा छैन । त्यो तपाईं हामीले भनिदिनुपर्ने हुन्छ जनतालाई । यिनै त हुन्, हत्यारा र बलात्कारी भनेका । मूर्ति चोरेर विदेशमा पुराउने को हुन् ? भनिदिनुपर्यो जनतालाई । तस्कारका नायिकेहरु को हुन्, भनिदिनुप¥यो जनतालाई । नारायणहिटी हत्यकाण्डका नायिकेहरु को हुन् ? भन्नकुरा भनिदिनुपर्यो जनतालाई ।

अध्यक्ष दाहालले स्वास्थ्यको क्षेत्रमा यो भएन, त्यो भएन भनेर बोल्ने कुनै नैतिक अधिकार राजावादीहरुलाई नभएको बताए ।


प्रकाशित मिति: १८ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?