Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
११ कार्तिक २०८३, बुधबार
११ कार्तिक २०८३, बुधबार

शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न अध्यक्ष लिङदेनको चेतावनी


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजावादीहरुको शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिएका छन् ।

आईतवार काठमाडौंमा प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले देशले थप द्वन्द्व थेग्न नसक्ने भएकाले विद्रोहको बाटो नअपनाइएको स्पष्ट पार्दै आफूहरुको भद्रतालाई कमजोरी नठान्न चेतावनी दिए। उनले के आज बन्दुक बोकेर हामीसँग भएका युवाहरु जंगल पस्न सक्दैनन् ? अध्यक्ष लिङदेनले प्रश्न गरे । उनले प्रमुख राजनीतिक दलहरुले राज्यसत्ताको दुरुपयोग गरिरहेको आरोप समेत लगाए । भ्रष्टाचार र अपराधमा संलग्नहरुलाई बचाउन अदालत र प्रहरीको दुरुपयोग गरिएको उनको आरोप छ ।

उनले भने, ‘देशले थप द्वन्द्व थेग्न सक्दैन भनेर हामीले विद्रोहको बाटो नरोजेको हो । हामीले शान्तीपूर्ण प्रदर्शन गरेको हो । एक जना प्रहरी मर्नु नपरोस्, एक जना पनि नागरिक मर्नु नपरोस् भनेर हामीले शान्तीपूर्ण बाटो अपनाएको हो । यसलाई कमजोरी नठानियोस् । आज दुईचार हजार युवा बन्दुक बोकेर जंगल पस्न छैनन् होला त यो अभियानमा ? हामीले दुई÷चार ठाउँ तोडफोड गर्न सक्दैनौँ होला त ? हामीले त्यो चाहेकै छैनौँ । तर यही हाम्रो भद्रतालाई कमजोरी ठानेर देश तपाईले लुटिराख्नुहुन्छ, बर्बाद पारिराख्नुहुन्छ ? आफ्ना मान्छेहरुलाई जोगाउने र अरुलाई फसाउने काम गर्नुहुन्छ । इँटाभट्टामा जिउँदै मान्छे जलाउनेलाई अदालतको नाममा छाडेको कुरा हामीलाई मात्रै होइन हामीसँगै बसेको प्रहरीलाई पनि थाहा छ ।’

उनले राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई ससम्मान नियन्त्रणमुक्त गर्न समेत माग गरेका छन् । आईतवार काठमाडौंमा प्रदर्शनको क्रममा प्रहरीले थापालाई नियन्त्रणमा लिएको छ ।


प्रकाशित मिति: १८ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?