Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

पूर्वविशिष्टहरुलाई सुरक्षाबाहेक कुनै पनि सुविधा नदिनेगरी कानुन बनाउनुपर्छः महामन्त्री थापा


 काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व विशिष्टहरुलाई सुरक्षाबाहेक कुनै पनि सुविधा नदिनेगरी कानुन बनाउन आवश्यक रहेको बताएका छन् । आज (शनिबार) इलाममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अदालतको आदेशबमोजिम त्यससम्बन्धि कानुन बनाउन बाँकी रहेको बताए । उनले अब पूर्वविशिष्टहरुको सन्दर्भमा कानुन बनाउँदा सुरक्षाबाहेक अन्य सुविधा केही पनि नदिने सुनिश्चित गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

‘कानुन बनाउँदै गर्दा सेवा सुविधा दिने कानुन होइन, नदिने कानुन बनाउनुपर्छ । पूर्वराजालाई म सुरक्षा दिन्छु, पूर्वराष्ट्रपतिलाई म सुरक्षा दिन्छु । किनकी सुरक्षा चाहिन्छ, राज्यको जिम्मेवारी हो । तर, सुरक्षाबाहेक म केही पनि दिन्नँ । मैलेमात्र होईन, कुनै पनि प्रधानमन्त्रीलाई लहड चलेर दिन पाइँदैन भन्ने कानुन बनाउनुपर्यो,’– महामन्त्री थापाले भने ।महामन्त्री थापाले पूर्व विशिष्टहरुलाई सुविधा दिने गरी कानुन बनाउने विषय अहिले ल्याएर सरकारले नदुखेको टाउको दुखाएको उनको टिप्पणी छ ।

‘पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिने भनेर आयो । यो अहिलेको लागि कतै चाहिने विषय हो त ? कहीँ कतैबाट नदुखेको कपाल डोरी लगाएर दुखाएको जस्तो,’– उनले भने ।सरकारले पूर्व विशिष्टलाई आजीवन सुविधा दिनेगरी विधेयक ल्याउन लागेको भन्दै अहिले चौतर्फी विरोध भइरहेको छ । पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषदका पूर्वअध्यक्ष र राष्ट्रियसभा पूर्वअध्यक्षलाई आजीवन सुविधा दिने व्यवस्था विधेयकमा गरिएको छ ।


प्रकाशित मिति: २ चैत्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?