Trending
>>   आज मिति २०८२ साल जेठ १९ गते सोमबार,हेर्नूहोस् आजको राशिफल >>   अब बामे सरेर हुदैन, ‘रकेट’को चालले विकास गर्छौंः प्रधानमन्त्री >>   नेता/कार्यकर्तालाई प्रचण्डको निर्देशनः इँटको जवाफ पत्थरले दिनूस्, केही परे हामी छौँ >>   यो सरकारको हैसियत छैन, काठमाडौं कब्जा गर्ने गफले एमालेलाई लाजमर्नु बनाएको छः अध्यक्ष दाहाल >>   अध्यक्ष दाहालको आरोपः बलात्कारी र हत्यारा राजाहरु नै हुन् >>   राजावादीले फैलाउन खोजेको भ्रमबारे जनतालाई बुझाउनुपर्ने समय आयोः अध्यक्ष दाहाल >>   शान्तिपूर्ण आन्दोलनलाई कमजोरी नठान्न अध्यक्ष लिङदेनको चेतावनी >>   २ सय ५० करोड रूपैयाँ भन्दा बढी रकम हिनामिना गरी फरार रहेका व्यक्ति पक्राउ >>   राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ >>   जलवायु परिवर्तनका असर न्युनिकरणका लागि नेतृत्व लिन तयार छुः सभापति देउवा
Logo
१९ जेष्ठ २०८२, सोमबार
१९ जेष्ठ २०८२, सोमबार

राष्ट्रिय महिला कबड्डीमा कर्णालीको दुई जित


काठमाडौँ। कर्णाली प्रदेशले राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको २० औं संस्करणमा पहिलो दिन दुई जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रवारदेखि शुरु भएको प्रतियोगितामा कर्णालीले गण्डकी र कोशी प्रदेशलाई हराएको हो । पहिलो खेलमा कर्णालीले गण्डकीलाई ५१–२६ स्कोरले हराएको थियो । उक्त खेलमा कर्णालीकी विनिता पण्डित प्लेअर अफ दी म्याच भइन् । दोस्रो खेलमा पनि कर्णालीले कोशीलाई ५९–२९ ले हरायो । उक्त खेलमा पनि विनिता नै प्लेअर अफ दी म्याच भइन् । विभागीय डर्बीमा त्रिभूवन आर्मी क्लवले नेपाल पुलिस क्लवलाई २७–२१ को साँघुरो अन्तरले हरायो । उक्त खेलमा गंगा घिमिरेले उत्कृष्ट प्रदर्शन गरिन् । दोस्रो खेलमा भने पुलिसले जित निकाल्यो ।

मानमति बिष्टको कप्तानीमा रहेको पुलिसले कोशीलाई ५८–२७ अंकले हरायो । यो खेलमा मानमती नै प्लेअर अफ दी म्याच घोषित भइन् । अर्को विभागीय टोली एपिएफले पनि विजयी सुरुआत गर्यो । एपिएफले सुदूरपश्चिम प्रदेशमाथि ६५–२४ को फराकिलो जित निकालेको हो । अन्य खेलमा लुम्बिनीले मधेस प्रदेशलाई ४२–३२ अंक, सुदूरपश्चिमले वागमतीलाई ३३–२९ र वागमतीले लुम्बिनीलाई ४२–३४ अंकले हराए । १० टोली सहभागी प्रतियोगिता तीन दिनसम्म चल्नेछ । प्रतियोगिताको विजेताले दुई लाख,उपविजेताले एक लाख तथा सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउने अखिल नेपाल कबड्डी संघले जनाएको छ ।


प्रकाशित मिति: १ चैत्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?