Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

जलवायु परिवर्तनका असर न्युनिकरणका लागि नेतृत्व लिन तयार छुः सभापति देउवा


काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि सबै राजनीतिक दलहरुको साझा धारणा बनाएर अघि बढ्ने कुराको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन् ।

आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कार्बन उत्सर्जनमा नगण्य योगदान हुँदाहुँदै पनि अत्याधिक असर भोगिरहेका हिमाली क्षेत्रका यथार्थ स्पष्ट रहेको बताएका हुन् । उनले निरन्तर पग्लिरहेको हिमनदी, ग्लेसियरहरुहरुले हिमाली क्षेत्रको समुदायलाई मात्र नभइ तल्लो तटीय समुदाय पनि प्रभावित बनेको बताए । जलवायु संकट समाधानमा अगाडिको बाटो चुनौतिपूर्ण रहेको बताउँदै समाधानको सम्भावनाले भरिएको बताएका छन् । नेपाल पीडितमात्रै नभइ समाधान दिनसक्ने देशको छवि निर्माण गरिएको बताए । जलवायु परिवर्तनका असर न्युनिकरणमा नेपालले गरिरहेका प्रयास ब्राजिलमा हुने कोप ३० मा प्रश्तुत गर्नुपर्ने बताएका हुन् । वातावरण तथा जलवायु परिवर्तन सरोकार सम्बन्धमा आएको चुनौतिपूर्ण समाधान गर्न ठूलो दलको हैसियतले नोपली काँग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासका लागि नेतृत्व लिन तयार रहेको बताए ।

सभापति देउवाले भने, ‘कार्बन उत्सर्जनमा नगण्य योगदान हुँदाहुँदै पनि अत्याधिक असर भोगिरहेका हिमाली क्षेत्रका यथार्थ हाम्रा सामु स्पष्ट छन् । निरन्तर पग्लिरहेको हिमनदी, ग्लेसियरहरुहरुले हिमाली क्षेत्रको समुदाय मात्रै होइन, तल्लो तटीय समुदाय पनि प्रभावित भइरहेको छ । जलवायु परिवर्तनले गर्दा सारा हिमनदी, ग्लेसियर पग्लिरहेका छन् । जलवायु संकट समाधानमा अगाडिको बाटो चुनौतिपूर्ण छ । त्यसो भएपनि समाधानको सम्भावनाले भरिएको छ । नेपालको सामुदायिक वन, नविकरणीय उर्जा, विद्युतीय सवारी, स्थानीयस्तरमा गरिएको अनुकुलन अभ्यासहरुमार्फत जलवायु संकट समाधानको योगदान दिँदै आएको छ । नेपाल पीडितमात्रै नभइ समाधान दिनसक्ने देशको छवि निर्माण गर्दैछ । अब हाम्रा प्रयासहरुलाई ब्राजिलमा आयोजना हुने कोप ३० मा नेपालले दरिलो रुपमा प्रश्तुत गर्नु आवश्यक छ । वातावरण तथा जलवायु परिवर्तन सरोकार सम्बन्धमा आएको चुनौतिपूर्ण समाधान गर्न ठूलो दलको हैसियतले नोपली काँग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासका लागि अग्र स्थान लिन तयार छ । साथै राजनीतिक दलहरुलाई एउटै साझा मञ्चमा ल्याइ संवाद, सहमति र समन्वय र सहकार्यको माध्यमबाट अघि बढ्ने वातावरण तयार पार्न हामी प्रतिवद्ध छौँ । यसका लागि म पार्टी सभापतिको हैसियतले म स्वयं पनि तयार छु । वातावरण तथा जलवायु परिवर्तनमा पार्टीका सरोकारवाला सबैलाई अझ बढी क्रियाशिल हुन आह्वान गर्दछु ।’

सभापति देउवाले राजनीतिक दलहरुलाई एउटै साझा मञ्चमा ल्याइ संवाद, सहमति, समन्वय र सहकार्यको माध्यमबाट अघि बढ्ने वातावरण तयार पार्न हामी प्रतिवद्ध रहेको बताए । वातावरण तथा जलवायु परिवर्तनमा पार्टीका सरोकारवाला सबैलाई अझ बढी क्रियाशिल हुन आह्वान गरे ।


प्रकाशित मिति: १८ जेष्ठ २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?