Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

एमाले पार्टी कार्यालयमा शिक्षकहरुको धर्ना, जनआन्दोलन भन्दा ठूलो आन्दोलन गर्ने चेतावनी


काठमाडौँ । शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यालयमा धर्ना दिएको छ । बुधवार दोस्रो दिनको धर्नाअन्तर्गत महासंघले एमाले पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिएको हो । अब नेपाली शिक्षक, कर्मचारीहरु अन्तिम चरणको आन्दोलनमा रहेको र चैत्र २० गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुनेगरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए । धर्ना कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धर्ना कार्यक्रमपछि रिले अनसनमा जाने र चैत्र २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिनुभयो । उहाँले निर्णायक चरणको आन्दोलन जनआन्दोलन भन्दा पनि ठूलो हुने चेतावनी दिँदै त्यसलाई बुझेर संसदको समिति, सरकारलाई चाँडो भन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामी दोस्रो दिनको धर्नाअन्तर्गत नेकपा एमालेको पार्टी केन्द्रिय कार्यालयमा धर्नामा छौँ । यही दलबाट प्रधानमन्त्री पनि हुनुहुन्छ । अब नेपाली शिक्षक, कर्मचारीहरुले यो अन्तिम चरणको आन्दोलनको रुपमा अघि बढाइरहेका छौँ । यसपछि रिले अनसनमा जान्छौँ । चैत्र २० गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन हुन्छ, देशभरका सबै शिक्षक कर्मचारी काठमाडौंमा आएर जनआन्दोलन भन्दा ठूलो आन्दोलन शिक्षक, कर्मचारीले गर्दैछौँ । त्यसलाई बुझेर संसदको समिति, सरकारलाई चाँडो भन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन माग गर्दछौँ । कि जितिन्छ, कि बितिन्छ त्यो मानसिकताबाट हामी आन्दोलनमा छौँ ।’

कि जितिन्छ, कि बितिन्छ भन्ने मानसिकताबाट आफूहरु अघि बढिरहेको बताउनु भयो । उनीहरुले शिक्षा अध्याँरो जीवनलाई उज्यालोतर्फ डो¥याउने माध्यम भएकाले सामान्य रुपमा नलिन आग्रह गरे । देश चलाउन शिक्षा अनिवार्य रहेको र शिक्षा देशको मेरुदण्ड भएको जिकिर गरे ।


प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?