Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

साउदी अरेबियामा अमेरिका र युक्रेनबीच वार्ता


एजेन्सी। साउदी अरेबियाको बन्दरगाह शहर जेद्दाहमा रहेको रिट्ज–कार्लटन सम्मेलन केन्द्रमा अमेरिका र युक्रेनले वार्ता गरेका छन् ।

जहाँ अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलहरू बीच उच्चस्तरीय वार्ता भएको हो । बैठकको मुख्य एजेण्डा रूस–युक्रेन द्वन्द्वमा सम्भावित आंशिक युद्धविराम रहेको छ । साउदी मिडियाकाअनुसार युक्रेनले अमेरिकी समर्थन पुनः प्राप्त गर्ने उद्देश्यले रूससँग आंशिक युद्धविरामको योजना प्रश्ताव गरिरहेको छ । यसैबीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वाशिंगटनले द्वन्द्व अन्त्य गर्न युक्रेनले के सम्झौता गर्न इच्छुक छ भनेर बुझ्न चाहेको बताएका छन् ।

अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलहरू बाहेक साउदी विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकार पनि बैठकमा सहभागी छन् । यो बैठक युक्रेनमाथि बढ्दो दबाबको बीचमा आएको छ । अमेरिकाले हालै सैन्य सहायता स्थगित गरेको छ । जसले कीभलाई रूससँग वार्ता गर्न दबाब दिएको छ ।


प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?