Trending
>>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

हडबढाँउदै राजाकालीन नाम लिन थाले नेताहरूः कर्णालीलाई ‘मध्यपश्चिम’ भन्न थाले ओली, सुदुरपस्चिम प्रदेशलाई अञ्चल भन्न थाले देउवा !


काठमाडौँ । साेमबार नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले धनगढीमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको पहिलो सम्मेलनको उद्घाटन गर्दै धनगढी उपमहानगर सिधै महानगर र सुदुरपस्चिम प्रदेश सुदुरपस्चिमाअंचल स्तरीय भने ।

शुक्रबार कर्णाली प्रदेश सभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई ‘मध्यपश्चिम प्रदेश’ भने । याे विषयले मंगलबारको प्रदेश सभा बैठकमा प्रवेश पायाे । ओलीले मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दा ‘मध्यपश्चिम प्रदेशका मुख्यमन्त्रीज्यू’ भनेर सम्बोधन गरेका थिए ।

त्यसपछि अकमकिएका उनलाई पत्रकारहरूले मध्यपश्चिम नभइ कर्णाली प्रदेश भनेर सम्झाएका थिए । मंगलबारको प्रदेश सभा बैठकमा प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद उर्मिला विश्वकर्माले उक्त विषयबारे प्रश्न उठाइन् । प्रधानमन्त्रीलाई नै प्रदेशको नाम थाह नहुनु दुखद पक्ष रहेको उनको भनाइ छ ।

‘प्रधानमन्त्री भइसकेपछि प्रदेशको नामै थाह नहुने, यो अली सुहाउँदो विषय भएन,’ उनले भनिन्, ‘कर्णाली प्रदेशलाई ‘मध्यपश्चिम प्रदेश’ र पश्चिम रुकुमलाई ‘पूर्वी रुकुम’ भनेर सम्बोधन गर्न भ्याउनुभयो ।’


प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?