Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

हडबढाँउदै राजाकालीन नाम लिन थाले नेताहरूः कर्णालीलाई ‘मध्यपश्चिम’ भन्न थाले ओली, सुदुरपस्चिम प्रदेशलाई अञ्चल भन्न थाले देउवा !


काठमाडौँ । साेमबार नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले धनगढीमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको पहिलो सम्मेलनको उद्घाटन गर्दै धनगढी उपमहानगर सिधै महानगर र सुदुरपस्चिम प्रदेश सुदुरपस्चिमाअंचल स्तरीय भने ।

शुक्रबार कर्णाली प्रदेश सभालाई सम्बोधन गर्न आएका प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई ‘मध्यपश्चिम प्रदेश’ भने । याे विषयले मंगलबारको प्रदेश सभा बैठकमा प्रवेश पायाे । ओलीले मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दा ‘मध्यपश्चिम प्रदेशका मुख्यमन्त्रीज्यू’ भनेर सम्बोधन गरेका थिए ।

त्यसपछि अकमकिएका उनलाई पत्रकारहरूले मध्यपश्चिम नभइ कर्णाली प्रदेश भनेर सम्झाएका थिए । मंगलबारको प्रदेश सभा बैठकमा प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद उर्मिला विश्वकर्माले उक्त विषयबारे प्रश्न उठाइन् । प्रधानमन्त्रीलाई नै प्रदेशको नाम थाह नहुनु दुखद पक्ष रहेको उनको भनाइ छ ।

‘प्रधानमन्त्री भइसकेपछि प्रदेशको नामै थाह नहुने, यो अली सुहाउँदो विषय भएन,’ उनले भनिन्, ‘कर्णाली प्रदेशलाई ‘मध्यपश्चिम प्रदेश’ र पश्चिम रुकुमलाई ‘पूर्वी रुकुम’ भनेर सम्बोधन गर्न भ्याउनुभयो ।’


प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?