Trending
>>   लघुवित्तले बिना धितो ऋण दिएर गरिबी घटायोः उपाध्यक्ष श्रेष्ठ >>   सञ्चारमन्त्रीलाई देउवाले भनेः काँग्रेसको प्राथमिकता संसद पुनःस्थापना होइन, निर्वाचन हो >>   प्रधानमन्त्रीलाई विप्लवको प्रश्नः चुनाव गर्न चाहेको को कि युद्ध ? >>   ‘निर्वाचन हुन्छ कि हुँदैन’ भन्ने बहस सकियोः रामप्रसाद भण्डारी >>   विप्लव नेतृत्वको माओवादीले शुरु गर्‍यो आन्दोलन >>   निर्वाचनसम्बन्धी गतिविधिबारे जानकारी दिन निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना >>   नेपालको छवि राम्रो बनाउन काम गर्नेछुः मन्त्री शर्मा >>   राष्ट्रिय सभाको बैठक सिंहदरबारमा बस्ने, कृषि समितिको हल तयार पारिँदै >>   जेन–जी आन्दोलनले संविधानको मर्मलाई सुदृढ बनाउने अवसर दिएको छः उपराष्ट्रपति यादव >>   विद्युतीय प्रशारण लाइनको तारमुनिको जग्गाको कित्ताकाट गर्न पाइने
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

लोकतन्त्रको विकल्प प्रतिगमन हुन सक्दैन, राजनीतिक प्रणालीलाई समृद्ध बनाऔँः सांसद बिष्ट


काठमाडौँ। नेकपा (एमाले)का सांसद गोकर्ण बिष्टले लोकतन्त्रको विकल्प प्रतिगमन र राजतन्त्र हुन नसक्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलवारको बैठटकमा बोल्दै सांसद विष्टले लोकतन्त्रको विकल्प उन्नत र सुधारिएको लोकतन्त्र मात्र हुनसक्ने उनको भनाइ छ । उनले नेपाली राजनीतिमा समेत सुधारको आवश्यकता रहेको बताउंदै एउटा बोल्ने अर्को गर्ने प्रवृत्तिलाई सुधार्न सकिएमात्र समृद्ध राजनीतिलाई समृद्ध बनाउन सकिने बताएका छन् । उनले योग्यताअनुसारको काम र कामअनुसारको मूल्याङ्कन गर्ने प्रणालीको विकास गर्न सकेमात्र नेपाली राजनीतिमा आशा जगाउन सकिने बताएका छन् ।

उनले भने, ‘नेपालको राजनीतिमा हामीले जे बोल्छौं त्यही गर्नेगरी सुधार्न जरुरी छ । नेपालको राजनीतिलाई समृद्ध पार्न जरुरी छ । आज हामीले राजनीतिक नियुक्तिमा होस् चाहे अरु प्रकारका कामहरुमा होस् । योग्यताअनुसारको काम र कामअनुसारको मूल्याङ्कन गर्ने प्रणालीको विकास गर्न सक्यौं भने मात्रै हामी नेपाली राजनीतिमा आशा जगाउन सक्छौं । यो प्रकारको कदमले मात्रै हामी नेपाली राजनीतिलाई परिणाममुखि बनाउन सक्छौं । आज नेपालको राजनीतिमा युवाहरुले धेरै कुरा चाहिरहेका छैनन् । काम छिटो र छरितो होस् । नेपालभित्रै परिणाममुखि काम पाइयोस् भन्ने मात्र चाहेका छन् । आज यसका लागि केही कमिहरु रहेका छन् भने पनि लोकतन्त्रको विकल्प प्रतिगमन हुन सक्दैन, लोकतन्त्रको विकल्प राजतन्त्र पनि हुन सक्दैन । लोकतन्त्रको विकल्प त उन्नत र सुधारिएको लोकतन्त्र हुनसक्दछ ।’

उनले वर्तमान सरकार गठन भएयता मुलुकमा सकारात्मक परिवर्तनहरु देखा परेको उनको दाबी छ ।


प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?