Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

लोकतन्त्रको विकल्प प्रतिगमन हुन सक्दैन, राजनीतिक प्रणालीलाई समृद्ध बनाऔँः सांसद बिष्ट


काठमाडौँ। नेकपा (एमाले)का सांसद गोकर्ण बिष्टले लोकतन्त्रको विकल्प प्रतिगमन र राजतन्त्र हुन नसक्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलवारको बैठटकमा बोल्दै सांसद विष्टले लोकतन्त्रको विकल्प उन्नत र सुधारिएको लोकतन्त्र मात्र हुनसक्ने उनको भनाइ छ । उनले नेपाली राजनीतिमा समेत सुधारको आवश्यकता रहेको बताउंदै एउटा बोल्ने अर्को गर्ने प्रवृत्तिलाई सुधार्न सकिएमात्र समृद्ध राजनीतिलाई समृद्ध बनाउन सकिने बताएका छन् । उनले योग्यताअनुसारको काम र कामअनुसारको मूल्याङ्कन गर्ने प्रणालीको विकास गर्न सकेमात्र नेपाली राजनीतिमा आशा जगाउन सकिने बताएका छन् ।

उनले भने, ‘नेपालको राजनीतिमा हामीले जे बोल्छौं त्यही गर्नेगरी सुधार्न जरुरी छ । नेपालको राजनीतिलाई समृद्ध पार्न जरुरी छ । आज हामीले राजनीतिक नियुक्तिमा होस् चाहे अरु प्रकारका कामहरुमा होस् । योग्यताअनुसारको काम र कामअनुसारको मूल्याङ्कन गर्ने प्रणालीको विकास गर्न सक्यौं भने मात्रै हामी नेपाली राजनीतिमा आशा जगाउन सक्छौं । यो प्रकारको कदमले मात्रै हामी नेपाली राजनीतिलाई परिणाममुखि बनाउन सक्छौं । आज नेपालको राजनीतिमा युवाहरुले धेरै कुरा चाहिरहेका छैनन् । काम छिटो र छरितो होस् । नेपालभित्रै परिणाममुखि काम पाइयोस् भन्ने मात्र चाहेका छन् । आज यसका लागि केही कमिहरु रहेका छन् भने पनि लोकतन्त्रको विकल्प प्रतिगमन हुन सक्दैन, लोकतन्त्रको विकल्प राजतन्त्र पनि हुन सक्दैन । लोकतन्त्रको विकल्प त उन्नत र सुधारिएको लोकतन्त्र हुनसक्दछ ।’

उनले वर्तमान सरकार गठन भएयता मुलुकमा सकारात्मक परिवर्तनहरु देखा परेको उनको दाबी छ ।


प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?