Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

दाङका स्वर्गद्वारी गुठीपीडित किसानहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणी चौधरीले दाङका स्वर्गद्वारी गुठीपीडित किसानको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद चौधरीले यस्तो ध्यानाकर्षण गराएका हुन् । उनले राज्यले सुन्नलाई कान र हेर्नलाई आँखा नभएजसरि किसानका मागहरुको बेवास्ता गरेको आरोप लगाउदै आन्दोलनरत किसानहरुसँग भएका सामग्रिहरु समेत सरकारले डकैँती शैलीमा खोसेको आरोप लगाएका छन् ।

उनले भने, ‘दाङका किसानहरु धर्नामा बसेको ३८ दिन भयो । राज्यले माग सम्बोधन गरेको छैन । मानौं राज्यसँग सुन्नको लागि कान छैन, हेर्नको लागि आँखा छैन । किसानहरुको साथमा रहेको सामानहरु डकैँती शैलीमा खोसिएको छ । यदि यसलाई ठिक मान्ने हो भने हामी पनि इटाको जवाफ पत्थरले दिन्छौं । अब त अत्ति भयो । अत्ति भए खति हुन्छ भन्ने हेक्का सरकारलाई हुनुपर्छ । ’

उनले मोही किसानका समस्या समाधान गर्न तदारुकताका साथ काम गर्न सरकारसँग माग गरेका छन् ।


प्रकाशित मिति: २७ फाल्गुन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?